देउखुरीको सर्वहित बचत तथा ऋण सहकारी संस्थाको नौँ बार्षिक उत्सव सम्पन्न, २ सय २६ जना सहयोगदातालाई सम्मान



देउखुरीको सर्वहित बचत तथा ऋण सहकारी संस्थाको नौँ बार्षिक उत्सव सम्पन्न, २ सय २६ जना सहयोगदातालाई सम्मान

देउखुरी टुडेकर्मी, भालुवाङ ४ माघ ।

देउखुरीको सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका—४ श्रीनारायणचोक मौरीघाटको ९ औँ बार्षिक उत्सव कार्यक्रम आज संस्थाको प्रगाणमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा भएको बार्षिक उत्सव कार्यक्रमलाई सोम्बोधन गदै प्रमुख अतिथी सुवेदीले सहकारी संस्थाले गाउँघरमा खेलेको भूमिका अत्यन्तै सह्रानिय भएको बताए । उनले सहकारी संस्थाले गाउँमा सबै किसिमका मानिसहरुलाई बचत गर्ने बानीको विकासको विकास गराएको बताउँदै सुवेदीले त्यही बचतले अहिले धेरै मानिसलाई आत्मानिर्भर बनाएर बताए ।

संस्थाका लेखा समितिीका संयोजक रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा लेखा समिती सदस्य बिष्णुप्रसाद पोख्रेलले संस्थाको भवन निर्माणमको आय—व्यय सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा भवन निर्माणमा सहयोग पुराउने बिशिष्ट सहयोगदाताहरु ब्ुद्धिप्रकाश चौधरी, भरठारी चौधरी, रामदास चौधरी, अभिमान चौधरी, संस्थाका संस्थापक अध्यक्ष दयाराम चौधरी, वर्तमान अध्यक्ष राजेन्द्र चौधरी सहित १ सय २६ जनालाई सम्मान—पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथी राप्ती गाउँपालिकाककी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले सहकारीको विकासका लागि गाउँपालिकाले पनि महत्वपूर्ण खेल्ने बताइन् । साथै उहाँले गाउँपालिकामा रहेका सहकारी संस्थाहरुलाई पनि व्यवस्थीत गर्दै जाने बताइन् । कार्यक्रममा राप्ती गाउँपालिका ४ नम्बर वडाका वडाध्यक्ष बिष्णुबहादुर जिसी, नमूना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर केसी, पत्रकार सन्तोषकुमार गुप्ता, संस्थाकी पूर्व उपाध्यक्ष उमा चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम शुरु हुनुपूर्व सहयोगदाताहरुलाई अबिर जात्रा सहित मौरीघाट बजार परिक्रमा गराइएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे