गढवा उद्योग बाणिज्य संघको पाचौ साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न, अध्यक्ष बाहेकका १४ पदमा सहमति



गढवा उद्योग बाणिज्य संघको पाचौ साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न, अध्यक्ष बाहेकका १४ पदमा सहमति

शिबराज पन्थी, गढवा ४ माघ ।

देउखुरीकाे गढवा उद्योग बाणिज्य संघको पाचौ साधारणसभा तथा तेश्रो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष बाहेकका १४ पदमा सर्बसमतिबाट कार्यसमितिको चयन गरेको छ । अध्यक्ष पदमा भने पूर्व बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढा र पूर्व सचिव रामदास यादव (आरडी)को दावा रहेको छ । भोली ११ बजे निर्वाचन मण्डलको बैठक बसी सहमतिका लागि प्रयास गर्ने निर्णयका साथ अधिवेशनको बन्दशत्र स्थगित गरिएको छ ।

संघका अध्यक्ष रविलाल आचार्यको अधयक्षता र नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधी तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले गढवा र राजपुरको पर्यटन बिकास उज्वल रहेको बताए । तपाईहरु लागि पर्नुस कोइलाबास लगायत यस क्षेत्रको पर्यटन र औद्योगिक बिकासका लागि हामीले प्रदेश सरकारसंग पहल गर्छौ–तिवारीले भने ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गढवाको औद्योगिक बिकास र पर्यटन बिकासका लागि साझा संकल्पका साथ अगाडी बढेमा गाउँपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । राप्ती अञ्चलकै कोइलाबास भन्सार र कोइलाबास बजारलाई पुर्नजिवन दिन सबै क्षेत्रबाट साझा संकल्प साथ अगाडी बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचत अध्यक्ष कृष्णप्रसाद शर्मा, उपाध्यक्ष बालकृष्ण सुवेदी, प्यूठान जिल्ला उद्योग बाणिज्य संघका यज्ञबहादुर खत्री,गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल, नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशब भण्डारी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, नेपाल कम्युनिष्ट पार्टी प्रदेश १ क का संयोजक रामप्रसाद गैरे, नेपाली काँगे्रस गढवाका उपसभापति कृष्णराज पाण्डेय र राष्ट्रिय जनमोर्चा दाङका सल्लाहकार गुणनिधि शर्मा लगायतले गढवा र राजपुरको औद्योगिक एवं पर्यटन बिकासमा स्थानीय सरकार र उद्योग बाणिज्य महासंघको ध्यान जानुपर्ने बताए ।

सो अवसरमा दाङ जिल्ला उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष नारायण प्रसाद भुसाल,गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युबराज पोख्रेल, संघका प्रेस सल्लाहकार शिबराज पन्थी, बयोबृद्ध ब्यवसायी चन्दादाता सुर्यलाल ठठेर, नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डेय, संस्थाका कार्यालय सचिव, सहयोगी र एम्बुलेन्स चालक लगायत ८ जनालाई सम्मान गरिएको संघले जनाएको छ ।

बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढा मगरको धन्यवाद ज्ञापन, कोषाध्यक्ष चिन्ता प्रसाद पोखे्रलको प्रतिबेदन प्रस्तुतिमा अगाडी बढेको अधिबेशन उद्घाटन सत्रको संचालन महासचिव बिरबहादुर आलेले गरेका थिए ।

अध्यक्ष पदमा सहमति कायमको प्रयासका लागि संघको बन्दशत्रले संस्थापक अध्यक्ष युवराज पोखे्रलको संयोजकत्वमा बिरबहादुर आले, कृष्णराज पाण्डेय, गुणनिधी शर्मा र शुसीला भुसाल रहेको निर्वाचन मण्डलको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे