तुलसीपुरमा जुवाको खालमा प्रहरीको छापा, झण्डै साढे ३ लाखसहित १५ जना पक्राउ



तुलसीपुरमा जुवाको खालमा प्रहरीको छापा, झण्डै साढे ३ लाखसहित १५ जना पक्राउ

तुलसीपुर १८ पुस । झण्डै साढे तीन लाख सहित जुवाकाे खालबाट दाङको तुलसीपुरबाट १५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्ष ३७ का ओमकार वली, बर्ष ४२ को ज्ञानबहादुर डागी, बर्ष ३७ को नरबहादुर डांगी,. बर्ष ४६ को लिले बस्नेत, बर्ष २७ को डम्मर के.सी., बर्ष ४१ को पूर्णबहादुर डांगी, बर्ष ५२ को थलबहादुर बुढाथोकी, .बर्ष ३७ को खुमानसिंह वली, बर्ष ३७ को राम रोशन बस्नेत, बर्ष ५० को लालबहादुर गुरुङ्ग, बर्ष ५० को कुसल शर्मा, बर्ष ४५ को नउले भण्डारी, बर्ष ४७ को चन्द्रप्रकाश अधिकारी, बर्ष ४७ को रामचन्द्र डांगी र बर्ष ५० को प्रशुराम पुन रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी खुमानसिंह वलीको घरमा अवैध रुपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र चार गड्डी तास सहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । यति ठूलो रकम सहित जुवा खेल्दै गरेका व्यक्तिहरु पक्राउ परेको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे