तुलसीपुरमा भेटिए घर्ती मृत अवस्थामा



तुलसीपुरमा भेटिए घर्ती मृत अवस्थामा

तुलसीपुर १८ पुस । दाङको तुलसीपुर स्थित गहतेमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । कुलोमा पानी लगाउन गएका स्थानीयले तुलसीपुर उपमहानगरपालिका–३ गहते निबासी ४५ बर्षका बम बहादुर घर्तीलाई दिउसो १ बजे कुलामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गाउँबाट घरमा जाँदै गरेका मृतक घर्ती सडकबाट खसेर मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झल प्रसाद शर्माले जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा सडकबाट करिब ३० मिटर तल खसेर मृत्यु भएको जस्तो देखिन्छ,’ प्रनि शर्माले भने –‘वास्तविकता पोष्टमार्टम रिपोर्ट पछि मात्रै खुल्ला । अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे