प्रचण्ड र नेपालका कारण पार्टी बिभाजन हुन लागेको पोखरेलको आरोप



प्रचण्ड र नेपालका कारण पार्टी बिभाजन हुन लागेको पोखरेलको आरोप

काठमाण्डौं १८ पुस । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको अवस्थामा पुगेको आरोप बताएका छन् । दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको उनले बताए ।

मजदूर विशेष जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे । प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लङ्घन गर्दै आएको भन्दै पोखरेलले एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर गएको धारणा राखे ।

उनले आफूहरु अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको चेतवानी दिए । पधानमन्त्री ओलीले राम्रा काम अघि सार्दा आफूहरु पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उहाँले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे