दाङ जिल्ला उद्योग बाणिज्य संघ ५० बर्षमा प्रबेश, स्वर्ण जयन्ती मनायो



दाङ जिल्ला उद्योग बाणिज्य संघ ५० बर्षमा प्रबेश, स्वर्ण जयन्ती मनायो

घोराही १८ पुस । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफ्नो स्थापनाको ५० औँ बर्षमा प्रबेश गरेको अबसरमा स्वर्ण जयन्ती सँगै १६ औँ बार्षिक साधारणसभा मनाएको छ । घोराहीमा निर्माणाधिन बहुउदेश्यीय सभा गृहमा एक औपाचारीक कार्यक्रमको आयोजना गरि संघले स्वर्ण जयन्ती र १६ औँ साधारणसभा मनाएको हो ।

२०२७ साल चैत्र ९ गतेका दिन तोरणध्वज श्रेष्ठको अध्यक्षतामा व्यबसायीहरुको छाता संगठन दाङ जिल्ला उद्योग बाणिज्य संघको गठन भएको थियो । दाङ जिल्ला मात्रै नभई तत्कालिन राप्ती अञ्चलकै उद्योगी एवं व्यवसायीहरुको हकहित संरक्षण तथा संबद्र्धन गर्ने उदेश्यले संघको स्थापना भएको संस्थापक अध्यक्ष श्रेष्ठले बताए । संघमा अहिले ८ ओटा उद्योग बाणिज्य संघका शाखा सदस्य र ७ हजार २ सय ९१ जना सदस्यहरु आबद्ध रहेका छन् । स्वर्णजयन्तीका अबसरमा संघले शुभकामना आदानप्रदान तथा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा सफल उद्यमिकारुपमा ओविन्द्रबहादुर महरा, भरत विश्वकर्मा, कुलराज खनाललाई सम्मान गरिएको छ भने सञ्चारको क्षेत्रबाट गोरक्षकर्मी अमरराज आचार्य, कर्मचारीहरुमा कान्तुराम चौधरी र विन्दु श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी, संघले पूर्ब अध्यक्षहरु तोरणध्वज श्रेष्ठ, भरतबहादुर बुढाथोकी, धु्रबराज श्रेष्ठ भारी, मधुसुदन बैद्य, रामदयाल गुप्ता, चन्द्रराज पन्त, माधबप्रसाद शर्मा, हेमराज बन्जाडे लगाएतलाई कदर पत्रले सम्मान गरेको छ । त्यस्तै लकडाउनका समयमा घरघरमा खाद्यान्न पु¥याउन सहयोग गर्ने जनप्रतिनिधी, उद्योगी, पत्रकार तथा मास्क वितरण व्यक्तिहरुलाई कदरपत्रले सम्मान गरिएको छ ।

यसैबीच संघमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र कोषाध्यक्ष पदमा पर्सि चुनाब हुदै छ । अध्यक्षमा टंकसिंह बुढाथोकी र बसन्त जोशी प्रतिस्र्धामा हुनुहुन्छ भने कोषाध्यक्षमा शुसिल पोख्रेल र धनपती शर्मा प्रतिस्पर्धामा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे