एक महिना भित्र दाङमा औद्योगिक क्षेत्रको घोषणा हुन्छ: मुख्यमन्त्री पोख्रेल



एक महिना भित्र दाङमा औद्योगिक क्षेत्रको घोषणा हुन्छ: मुख्यमन्त्री पोख्रेल

घोराही १८ पुस ।  लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विकासका हिजोका सपनाहरु अहिले योजनामा बदलिएको बताएका छन । दाङ जिल्ला उद्योग बाणिज्य संघको स्वर्णजयन्ती र १६ औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले विकासका सपनालाई योजनामा बदेलेको बताएका हुन् ।

हिजो चुनावी एजेण्डा बनेका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, खेलकुद लगाएत पूर्वाधार एवं विकासका योजनाहरु अहिले कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री पोख्रेलको भनाई छ । विकास निर्माणको बिषयमा अब चिन्ता गर्नु नपर्ने भन्दै उनले सकारात्मक सोचको विकासमा भने सुधार ल्याउन आबस्यक रहेको बताए । कुनै पनि निर्वाचनहरु राजनितिक स्थायीत्व र विकासका लागि हुने भन्दै व्यवसायीहरुलाई राजनितिक द्धन्द्धमा नफस्न आग्रह गरेका छन ।

व्यवसायीक हकहित र उपभोक्ता जागरण एवं सामाजिक आर्थिक विकासमा उद्योग बाणिज्य संघले खेलेको भूमिका सम्मान योग्य रहेको बताए । साथै मुख्यमन्त्री पोख्रेलले अबको एक महिना भित्र दाङमा औद्योगिक क्षेत्रको घोषणा हुने जानकारी दिएका छन । त्यसैगरी उनले प्रदेशको राजधानी अन्तराष्ट्रिय मोडेलको हुने र व्यवस्थित योजनाका साथ अत्याधुनिक शहर निर्माण गर्ने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले देशको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महासंघ सधै कटिबद्ध भएर लागेको बताए ।

त्यसैगरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अब देश बनाउने साझा अभियानमा सबै क्षेत्रको हातेमालो हुन आबस्यक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका प्रतिनिधीहरुले लगानी मैत्री बाताबरण र स्थिर राजनिती हुनुपर्ने बताएका छन् । अबको साझा एजेण्डा नै आर्थिक, सामाजीक र भौतिक विकास भएको भन्दै स्थिर राजनिति र सरकारको खाँचो रहेकोमा जोड दिएका हुन् । कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे