दाङमा माघीमा मेला नलाग्ने, पूजाआजा भने खुल्ला



दाङमा माघीमा मेला नलाग्ने, पूजाआजा भने खुल्ला

तुलसीपुर १८ पुस । यस बर्ष दाङमा माघीको अवसरमा कुनै पनि मेला नलाग्ने भएका छन् । माघ १ गते लाग्ने दाङको बाह्रकुने दह र रिहारलगायतका कुनै पनि स्थानमा यस बर्ष मेला नलाग्ने भएको हो । मुलुकमा कोरोना संक्रमणको त्रास कायमै रहेको भन्दै मेला नलाग्ने सम्बन्धित मेला महोत्सव ब्यबस्थापन समितिले बताएको छ ।

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनानुसार मेला नलाग्ने बनाए । भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न सकिने उनको भनाई छ । अहिले पनि सोही मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । अहिले पनि दैनिक २ सय बढि भक्तजन आउने गरेका छन् । बाह्रहुने दहमा मेलामा भेडाको बलि दिइन्छ भने परेवा उडाइन्छ ।

लमहीको रिहारस्थित तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । तर, यस ठाउँमा हरेक वर्ष पुसको २५ गतेबाट चहलपहल शुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दथ्यो । तर, यस बर्ष त्यो स्थानमा पनि मेला नलाग्ने मन्दिरका पुजारी हिरालाल बाबाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे