देउखुरीको गढवामा धमाधम बिकास योजनाहरु संचालन हुँदै



देउखुरीको गढवामा धमाधम बिकास योजनाहरु संचालन हुँदै

शिबराज पन्थी, गढवा १७ पुस ।

देउखुरीको गढवा गाउँपालिकामा चालु आर्थिक बर्षमा बिकास योजनाहरुको निर्माणको चरण तीब्र गतिमा संचालन भैरहेका छन् । गढवा गाउँपालिकाले बिहिवार एकै दिनमा निर्माण कार्य सम्पन्न भएका र निर्माणाधिन दर्जनौ बिकास योजनाहरुको अनुगमन गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षका नयाँ बिकास योजना तथा अधुरा रहेका योजनाहरुको निर्माणकार्यको अनुगमन गरेको जनाएको छ ।

जस अनुसार गढवा ४ पर्सेनीको ८० लाखको कालोपत्रे सडक, गढवा १ जुरौनीमा निर्माण भएको ५० लाखको जुरौनी कालोपत्रे, गाउँपालिकाको ३५ लाखको लगानीमा गढवा १ को धोंद्रमा निर्माण भएको बिद्युत्त लाइन ट्रान्सफारमर सहितको खानेपानी डिपबोरिङ, सोही गाउँमा निर्माण गरिएका कुवा, कालाकाटे बसपार्क टिकट काउण्टर र वडा नं. १ को वडा कार्यालय भवन तथा धानखोला कृषि सहकारी संस्थाको च्याउखेति उद्यमको अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक शान्ती चौधरीले जानकारी दिइन् ।

यसैगरी प्रदेश सरकारको ३ करोड बजेटबाट संचालनमा आएको वडानं. २ को पचहिया चोंक देखी पुतलीबजार जोड्ने पक्कि नाली सहितको कालोपत्रे रिङरोड, गोबरडिहा स्वास्थ्यचौकीको बर्थिङ सेण्टर, मन्द्रेनी खोला कल्भर्ट तथा तटबन्धन, वडानं. २ को दक्षिणी कृषि सडक, बडा नं. ३ को धैरेनी सडक ग्राभेल, बिद्युत्त पोल, धैरेनी मन्दीरको गेट सहित बाटो ग्राभेल, महिला भवनको गेट सहित पर्खाल निर्माण, चर्च भवन निर्माण, वडा नं. ४ को जनजाती भवन तथा वडा नं. ५ को मन्दिरको पर्खाल निर्माण लगायतका दर्जनौ विकास योजनाहरुको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत लालबहादुर योगीले जानकारी दिए ।

अनुगमनको क्रममा कतिपय बिकास योजनाहरुको निर्माणकार्य परा भै सकेको र कतिपय योजनाहरु निर्माणकार्य पुराहुन बाँकी रहेको पाइएको छ भने कतिपय योजनाहरुमा हर्डिङबोर्ड नलगाइएको पाइएकोले तत्काल लगाउन सुझाव समेत दिइएको गाउापालिकाले जनाएको छ ।

अनुगमन टोलीमा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, लेखा प्रमुख सम्भूराज आचार्य, सब—इन्जीनियर भरत केसी, योजनाशाखा प्रमुख कुलराज कुमाल र प्रेस संयोजक शिबराज पन्थी लगायत रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे