भूमीहिनहरु भन्छन्-लालपुर्जा र टावर चाहियो सरकार ?



भूमीहिनहरु भन्छन्-लालपुर्जा र टावर चाहियो सरकार ?

शिबराज पन्थी, गढवा १६ पुस ।

देउखुरीको गढवा—५ कक्रहवामा ६१ घरधुरी बसोवास गर्छन त्यसमा १५ जना भूमिहिन छन् । सोहि वडाको जमुनिबासमा बसोवास गर्ने १४ घरधुरी मध्ये ६ घरधुरी एलानीमा बस्छन् । त्यस्तै गढवा ५ ठूलिचौरमा रहेका ३२ घर मध्ये २९ घरधुरीको बसोवास वन क्षेत्रको ऐलानीमा नै रहेको छ ।

त्यत्तिमात्र होइन सोहि वडाको सिमलताराका ३९ घर मध्ये १२ घर ऐलानीमा बसोवास गर्छन् । यि चार गाउँमा नेपाल टेलीकमको कुनैपनि टावरले काम नगर्दा संचार सेवाबाट बञ्चीत हुनुपरेको स्थानीयहरुले बताएका छन् ।

लामो समयदेखि जग्गा नभएर जंगलको ऐलानीमा बसेका छौं । खानेपानीको र मोवाइल टावरको निकै समस्या भयो । जग्गाको लालपुर्जा पनि पाइएन-गढवा ५ सिमलताराकी अमृता सुनारले भन्नुभयो । फोन गर्न टावरले टिप्दैन,महिलाहरुका लागि बैठक बस्ने भवन छैन । खोलाले जग्गा काटिरहेको छ त्यसमा पनि हामी जिवनभर लालपुर्जा बिहिन भएर बस्नुपरेको छ,टावर र लालपुर्जाको ब्यवस्था गरिदिनु पर्यो-सोहि ठाउँकी पुतली सुनार र ममता घर्तिमगरले भन्नुभयो । गढवा ५ ठूलीचौर,कक्रहवा,जमुनिबास र सिमलतारा गाउँमा बस्ने झण्डै डेढसय घरधुरीका नागरिकहरुले टेलिकमको टावर नभएर दुख पाएको बताएका छन् । मंगलबार गढवाको कक्रहवामा भूमी अधिकार मञ्चले राखेको कार्यक्रममा स्थानीयहरुले गढवा गाउँपालिकाका अध्यक्ष समक्ष दुखेसो पोखेका हुन् ।

सरकारले भूमीस्हिन,सुकुम्बासी र अब्यवस्थित बसोवासीहरुलाई पुर्जा दिने भनेर लगत संकलनको गृहकार्य सुरु गर्न भनि गाउँपालिकासंग संझौता समेत भएको र त्यसको काम अब सुरु हुने कार्यक्रममा उपस्थित हुनुभएका गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भन्नुभयो । टावरको समस्याका लागि नेपाल टेलिकम संग समन्वय गर्ने र लापाको कार्यक्रम अन्तर्गत तटबन्धन र सिंचाई कुलोको काम सुरु भै सकेको उहाँले बताउनुभयो । नेपाल सरकारको सुरक्षित आबास कार्यक्रम,प्रदेश सरकारको जनता आबास कार्यक्रम अन्तर्गत गाउँपालिकाभर झण्डै ३ सयको हाराहारीमा खरका छाना मुक्त गर्ने अभियान रहेको पनि कार्यक्रममा अध्यक्ष यादवले भने ।

साबिक गंगापरस्पुर गाबिसका पुर्व अध्यक्ष एवं समाजसेबि डिल्ली आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मंजरी महिला सानाकिसान सहकारी संस्थाका अध्यक्ष सिता चौधरी र भूमी अधिकार मञ्चका सुनिल चौधरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे