गढवा-खबरी सडक नाली सहित ग्राभेल स्तरोन्नति गरिदै, खबरीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन



गढवा-खबरी सडक नाली सहित ग्राभेल स्तरोन्नति गरिदै, खबरीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन

शिबराज पन्थी, गढवा १६ पुस ।

देउखुरीको गढवा गाउँपालिकाको दुर्गम बस्ति खबरीखुटीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडानं. ६ का वडा अध्यक्षले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बेरोजगार नागरिकहरुलाई छोटो समयको भएपनि रोजगार दिन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको अबधारणा ल्याएको बताए । गाउँपालिकाले आफ्नो गाउँको बिकास आफै गर्न प्रोत्साहन गर्दै दुर्गम बस्तीहरु खबरीखुटी, चिमचिमे, रङसिङ, मुसीनाका र खबरीनाका जस्ता बस्तिहरुमा यो कार्यक्रम संचालन गर्ने तयारी गरेको अध्यक्ष यादवले बताए ।

कार्यक्रम प्रभाबकारी ढंगले गर्नुस,गढवा र राजपुर गाउापालिकाको बिचमा समन्वय गरि गढवा-खबरी-गुरुङखोला हुदै गढवा जोड्ने रिङरोड बनाउन पहल गर्ने छौं-उनले भने । कार्यक्रममा गढवा देखि खबरीको सडक १० मिटर नाली सहित ग्राभल गरि स्तरोन्नती गर्ने अभियानको सुरुवात भएको र भोली देखि नै काम सुरु हुने वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले बताए ।

कुल ७ लाख ३० हजारको बजेटबाट सडकको स्तरोन्नति गर्ने काम सुरु भएको र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामकालागि पारिश्रमीक आयोजना संचालन कार्यबिधी-२०७७ बमोजिम दैनिक ५१५ ज्याला पाउनेगरी आठ घण्टा कामको १ सय दिनको रोजगार प्रबर्धन गरिने भएको गढवा गाउँपालिकाका रोजगार संयोजक अशोक कुमार यादवले जानकारी दिए ।

सोही कार्यक्रममा गणेश पुन मगरको अध्यक्षतामा रोजगार उपभोक्ता समित गठन गरिएको छ । जसको सचिवमा भरत घर्ति,कोषाध्यक्ष अर्जुनकुमार सिउजाली र सदस्यहरुमा बिक्रम बुढामगर र दिनेश पुन मगर रहनुभएको छ । आफ्नो गाउँको बाटो आफै बनाउन हामी उत्सुक भएर यो काममा खटिएका छौं-स्थानीय भरत घर्तिले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे