देउखुरीको गढवा गाउँपालिका ६ नम्बर वडाद्धारा उपभोक्ता समितिलाई तालिम



देउखुरीको गढवा गाउँपालिका ६ नम्बर वडाद्धारा उपभोक्ता समितिलाई तालिम

गढवा १६ पुस । देउखुरीको गढवा गाउँपालिकाले आइतबार वडा नं. ६ मा गठित उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिएको छ । बिकास योजनाका काममा सहजता ल्याउन र उपभोक्ता समितिलाई सबै वडाहरुमा तालिम दिन थालिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

उपभोक्ता समिति गठन देखि प्राबिधिक स्टिमेट,काम सुरु गर्ने, बिल,भर्पाई तयार गर्ने र फरफारक गरि भुक्तानी लिने समयसम्मका सबै चरणहरुका बारेमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुशिक्षण गरिएको योजना शाखाका प्रमुख कुलराज कुमालले जानकारी दिए ।

गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा, योजनाशाखाका प्रमुख कुलराज कुमाल, इन्जीनियर बिनयकुमार यादव, सबइन्जीनियर चन्द्रप्रकाश ओली र लेखापाल दानबिर चौधरी लगायतले बिकास योजनाको प्राबिधिक स्टिमेट, संझौता,कार्यान्वयनको चरण र फरफारक गर्ने तरिकाका बारेमा तालिम दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे