दाङकाे घाेराहीमा दहाल–नेपाल समूहले बिरोध प्रदर्शन गर्दै, सुरक्षा व्यवस्थामा थप कडाई



दाङकाे घाेराहीमा दहाल–नेपाल समूहले बिरोध प्रदर्शन गर्दै, सुरक्षा व्यवस्थामा थप कडाई

दाङ १४ पुस । नेकपाको दहाल–नेपाल समूहले संसद विघटनका विरुद्धमा घोराहीमा विशाल विरोध सभाको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुदमा दाङको घोराहीमा आज विरोध सभाकाे आयोजना गरिएको दहाल–नेपाल समूहका सचिव सुवाश पुनले जानकारी दिए ।

धेरै लामो तयारी गर्न नसकेपनि गाउँ–गाउँबाट हजारौ जनताहरु उतार्ने र त्यसका लागि पालिका र वडालाई बसको जिम्मा दिएको सचिव पुनले जानकारी दिए । सरकारको कदमका विरुद्ध घोराही केन्द्रीत आन्दोलन र पालिका र वडा स्तरीय आन्दोलन गर्न सो समूहले आइतबार निर्णय गरेको थियो ।

स्रोतका अनुसार दहाल – नेपाल समूहको विरोध सभाको कार्यक्रम भएपनि सो समूहले ओलीसमूहको कार्यक्रम हो भन्दै कार्यकर्तालाई खबर गरेपछि ओली समूहले आफ्नो कार्यक्रम नभएको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेको छ । हिजो नेपाली कांग्रेसले तुलसीपुरमा विरोध सभपा गरेको थियो ।

सुरक्षा कडा 
सत्ता पक्षकै अर्को समूहले विरोध सभाको आयोजना गरेपछि सुरक्षाअवस्थलाई थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । संभावित घटनालाई रोक्नका लागि प्रहरीले जिल्लाका विभिन्न प्रहरी युनिटबाट थप प्रहरी झीकाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे