LISTEN LIVE RADIO

देउखुरीकाे सुन्डबरीमा गाडीले किच्दा एक जना गम्भीर घाइते 



देउखुरीकाे सुन्डबरीमा गाडीले किच्दा एक जना गम्भीर घाइते 

लमही १४ पुस। लमही नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने सुनडबरी नर्ती सडक खण्डमा गाडीले किचेर अचेत भएका एक अन्दाजी ४५ वर्षका पुरुष घाइते अवस्थमा फेला परेका छन ।

उनको हाल सम्म कुनै परिचय खुल्न सकेको छैन । घटना कुन समयमा घट्यो त्यो ठ्याक्कै थाह भएन तर हामीले बिहान ६ बजे मात्र सुचना पायौं। हाम्रो टोलि त्यहाँ पुगेर घाइतेलाई लमही अस्पतालमा पुर्याएका हौं वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले जानकारी दिए ।

घुडा देखि तल दुबै खुट्टा किचिएर काट्नु पर्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ । घाइतेको अवस्था अत्यन्तै नाजुक छ । घाइतेको आफन्त सम्पर्कमा आउन नसके पछि लमही नगरपालिकाको सहयोगमा घाइतेलाई उपचारका लागि दाङको घोराही स्थित राप्ती बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे