LISTEN LIVE RADIO

संसद बिघटन बिरुद्ध दाङको घाेराही र तुलसीपुरमा जसपाको मसाल जुलुस



संसद बिघटन बिरुद्ध दाङको घाेराही र तुलसीपुरमा जसपाको मसाल जुलुस

घाेराही ११ पुस । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपाल दाङले शनिबार बेलुका दाङको घाेराही र तुलसीपुरमा मसाल जुलुस प्रदर्शन गरेकाे छ ।

घाेराहीकाे ट्राफिक चाेकबाट निस्केकाे मसाल जुलुस तुलसीपुर चाेकमा पुगी काेणसभामा परिणत भएकाे थियाे । काेणसभालाइ जसपाका केन्द्रिय सदस्य साेमराज जनईदार र गणेश पाण्डेलेे सम्बाेधन गरेका थिए ।

यस्तै शनिबार बेलुका तुलसीपुरको विपिचोकबाट निकालेको मसाल जुलुस विरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टीका संघीय परिषद सदस्य जीवन भण्डारीले केपी वली सरकारले गैरलोकतान्त्रिक, गैरसंबैधानिक र गैरराजनीतिक चरित्र प्रदर्शन गरेको भन्दै अदालतले यसलाई उल्टाउने विश्वास गरे ।

सरकारले चालेको यो कदम जनमतको घोर अपमान भएको भन्दै यसले मुलुकको विकास र समृद्धिमा पछि पार्ने बताए । त्यस अवसरमा नेता कृष्ण बैरागीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन पार्टीका नगर सचिब मानबहादुर डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे