खड्काबाहेक दाङका मनोनित केन्द्रीय सदस्य काठमाडौं पुगे



खड्काबाहेक दाङका मनोनित केन्द्रीय सदस्य काठमाडौं पुगे

तुलसीपुर ८ पुस । केपी वली समूहले मनोनित गरेका दाङका सबै केन्द्रीय सदस्य काठमाडौं पुगेका छन् । नेकपा दाङका जिल्ला अध्यक्ष टिकाराम खड्काबाहेक अन्य १७ जना नयाँ मनोनित केन्द्रीय सदस्य काठमाडौं पुगेका छन् ।

भोलि(विहीबार) दिउसो १ बजे हुने बैठकमा सहभागि हुन खड्काबाहेक अन्य सबै काठमाडौं पुगेको मनोनित केन्द्रीय सदस्य रामजी चौधरी‘मिलन’ले बताए । उनका अनुसार माधव नेपाल निकट छबिलाल वली, शोभाराम बस्नेत, बामदेव गौतम निकट घनश्याम पाण्डे, प्रचण्ड निकट मानिने रामजी चौधरीसहित केपी समूहका रेवतीरमण शर्मा, अम्मर डाँगी, सरस्वती गौतम, कोमल वली, बिष्णु पौडेल, टोपेन्द केसी, जितेन्द्र नेपाली, मेनका पोखरेल, गिरिराज केसी, शारदा स्वर्णकार, राममणी नेपाली, धु्रव आचार्य, तुलसा केसी काठमाडौं पुगेका हुन् ।

टिकाराम खड्काले भने आफूले केन्द्रीय सदस्य पद अस्वीकार गरेको उनि निकटहरुले बताएका छन् । उनको अध्यक्षमा मंगलबार बसेको जिल्ला पार्टीको बैठकले संसद विघटन गर्नु गैरसंबैधानिक र गैरराजनीतिक भएको समेत बिज्ञप्ति जारी गरि बताएका थिए । मंगलबार केपी समूहले दाङका १८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे