नेकपाको विवादलाई मध्यनजर गर्दै तुलसीपुरमा थप प्रहरी परिचालन



नेकपाको विवादलाई मध्यनजर गर्दै तुलसीपुरमा थप प्रहरी परिचालन

लसीपुर ८ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवादलाई लक्षित गरी तुलसीपुरमा थप प्रहरी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार अहिले नेकपाको पार्टी कार्यालयका लागि समेत देशभर विवाद भइरकेको अबस्थामा तुलसीपुरमा पनि विवाद हुन सक्ने भन्दै थप प्रहरी परिचालन गरिएको हो ।

यस अघि बजारमा ७/८ जना प्रहरी खटाएको भएपनि अहिले भने भने १५,२० जना प्रहरी खटाईएको छ । साथै पार्टी कार्यालय आसपासमा बढि निगरानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे