अर्जुन आधारभुत बिद्यालय हसनापुरको अध्यक्षमा पुन : चौधरी



अर्जुन आधारभुत बिद्यालय हसनापुरको अध्यक्षमा पुन : चौधरी

श्रवण बस्नेत, लमही ८ पुस ।

देउखुरीकाे अर्जुन आधारभुत बिद्यालय लमही—७ हसनापुरको अध्यक्षमा पुनः प्रेमलाल चौधरी सर्बसहमतिबाट चयन भएका छन् । मंगलबार सम्पन्न अभिभावकको भेलाले चौधरीकै नेतृत्वमा नया बिद्यालय ब्यबस्थापन समिति गठन गरेको हो ।

सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक महेश न्यौपाने रहेका छन् भने सदस्यहरुमा ध्रुब बहादुर चौधरी, रोसनी बोहरा, टिका घर्ती र मनोनित सदस्यहरुमा रण बहादुर घर्ती, धनपती चौधरीलाई सर्बसहमती बाट चयन गरिएको छ ।

त्यस्तै जंजिरु चौधरीको सँयोजकत्वमा शिक्षक अभिभावक संघपनि गठन गरिएको छ । जसको सदस्य हरुमा नरमला कामी, गँगा चौधरी, सुरतिया थारु, गिरधारी लाल चौधरी, रेशम सिँह ठकुरी, संची चौधरी, प्रशुराम चौधरी र शिक्षक प्रतिनिधिमा भोजराज चौधरी निर्बिरोध चयन भएका हुन् ।

बिद्यालय ब्यबस्थापन समितिका पुर्बअध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा बोल्दै वडाध्यक्ष गिरीले नया नेतृत्वलाई बधाई तथा शुभकामना ज्ञापन गरे । उनले वडा स्तरको एकमात्र बिद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्दीका लागि नया नेतृत्वलाई अनुरोध गरे । बिद्यालयलाई अगाडि बढाउन जस्तो सुकै प्रस्थितिमा पनि सदैब सहयोग गरिने प्रतिबद्दता ब्यक्त गर्दै वडाध्यक्ष गिरीले शिक्षाको मन्दिर बिद्यालयलाई सबैले माया र साथ दिनुपर्ने बताए ।

कार्यक्रममा लमही नगरपालिका शिक्षा शाखा प्रमुख रबिन्द्र क्षत्री, राप्ती माबि उचानिम्बुका पूर्ब प्रधानाध्यापक पदमप्रसाद योगी, अर्जुन आधारभुत का पुर्ब प्रअ नारायण प्रसाद मज्गैँया लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण बिद्यालयका प्रअ महेश न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे