युवाहरुको देश प्रति निराशा : भविष्यको खोजीमा विदेश पलायन हुनेको आर्कषण बढ्दो



युवाहरुको देश प्रति निराशा : भविष्यको खोजीमा विदेश पलायन हुनेको आर्कषण बढ्दो

नेपाल चार जात छत्तिस वर्णको साँझा फुलबारी हो । हाम्रो देश न कहिले उपनिवेस नै भयो न कहिले गुलाम केहि वर्ष अघि हाम्रो पुर्खाले अङ्ग्रेजहरु संग खुकुरी र लाठीको भरमा लडेर जित हासिल गरेका थिए । त्यसैले विश्वभर हामी नेपालीलाई बीर गोर्खालीका सन्तान भनेर चिनाउँछ ।

यति मात्र नभएर विश्व शान्तिका दुत गौतमबुद्ध जन्मेका सन्तान हामी विश्वको अल्लो चुचुरो सगरमाथाको शिखर भएको देशका सन्तान हामी तर आज आउँदा निकै दुख लाग्दो अवस्था सिर्जना भएको छ । दैनिक रुपमा सयौ युवाहरु आफ्नो भविष्यको खोजीमा विदेश पलायन हुन अन्तराष्ट्रिय विमान स्थलमा खचाखच भरिएको हुन्छ । भने दैनिक जसो भविष्यको खोजीमा विदेश पलायन युवाहरुको सपना अधुरै भएर बाकसमा प्याक भएर आएका छन् । कति चेलीहरुका सिन्दुर पुछिए कति छोराछोरी टुहुरा भए भने कति आमाका काखहरु रित्तिए तर यो देशमा यसको श्रृय लिने कोही पनि नेता जन्मिएन यी लेख्दै गर्दा पनि यी आँखाबाट आसु तप–तप झरेको छ तर बिडम्बना के गर्नु हामीलाई मात्रै यो देशको माया लागेर नहुँदो रहेछ । विहान साँझ जनतन बाबाआमाले बिहान साँझ मेहनत गरेर पढाई लेखाई गराएका ती सन्तानहरुलाई विदेश पठाउन विवश छन् ।

यो कुनै रहर नभएर बाध्यता नै हो । पछिल्लो समय युवाहरुको दिमाग मष्तिस्कमा रहेको एउटा छाप भनेकै म कसरी विदेश पलाइन हुन सक्छु एउटा सानो ८÷१० कक्षामा पढ्ने विद्यार्थीलाई सोध्यो भने उसको सपनाको देशनै विदेश हुने गरेको छ । यो देशलाई अमुल परिवर्तन गर्छु भन्दै हिजो जनताको घर–घरमा भोट माग्दै हिडेर चुनाव जितेका सांसद वा नेता ज्युहरुले यो विडम्बना कहिले देख्नु भएन र कहिले सम्म देख्नु हँुदैन सायद उहाँहरुले यो अवस्था देख्दा सम्म कतै यो देशमा युवाहरुनै नहुन सक्छन् । पछिल्लो समय गाउँघरमा हेर्ने हो भने मर्दापर्दा पनि लास उठाएर घाटसम्म पु¥याउने युवाहरु नभएर महिलाले नै घाट सम्म लगेको कतिपय ठाउँहरुमा देख्न सकिन्छ । यो भन्दा ठुलो बिडम्वना के नै हुन सक्छ ।

देशमा भ्रष्टाचार र महंगीले सिमा नाघिसक्यो व्यापारीहरुले बंैकको व्याज पनि तिर्न नसक्दा आत्माहत्या गर्ने अवस्था सिर्जना भएको छ । हामीले यो देशमा आमुल परिवर्तन गर्छौ भन्दै चुनाव जिताएर संसदमा पठाएका नेता ज्युहरुले आफ्नो घर परिवार नातागोता इष्टमित्र मिलाउदा नै ठिक्क भएको छ र त्यसैमा हामी जनता पनि सहिलाई सहि र गलतलाई गलत नभनी पार्टीनै सर्वश्रेष्ठ मानिएको कारणले गर्दा गलत मान्छेलाई सर्मथन गरेको देखिन्छ । जसले गर्दा देशलाई ठुलो घात पुगेको हुन्छ । हामी नेपाली घरको बाबाआमा संग चित्त नबुझेर छुट्टिएर अलग बस्न सक्छौ । तर यो देशलाई अनिर्णयको बन्दी बनाउने भ्रष्टाचार गर्ने जनताले जिताएको ५ वर्ष पुग्दा सम्म पनि केही नगर्ने र तीनै जनतालाई भ्रममा पारेका कारण देशका लागि ठुलो घात भएको छ ।

यसैले गर्दा यो देशमा बिकराल अवस्था सिर्जना भएको छ । यी यस्ता कारणले गर्दा पनि पछिल्लो समय युवाहरुमा देशप्रति निराशा र भविष्यको खोजीमा विदेश पलायनको कारण हुन सक्छ । प्रिय नेतागण ज्युहरु म पनि एक युवा नै हो यो लेख्दै गर्दा मलाई यो मनमा धेरै जिज्ञासा भएको छ । के हजुरहरुले यो देशको परिवर्तन चाहानु हुँदैन के युवाहरुलाई देशमै रोजगार अवस्था सिर्जना गर्न नसकिने नै हो त्यो ठुलो भवन कस्तो रहेछ ।

त्यहा पुगिसकेपछि जनताको समस्यानै भुलाई दिने तपाईलाई ५ वर्ष पहिले भोट हालेको एक युवा अरवको एक खाडीमा तातो घाममा पसिनाको खोलो बगाउँदै तपाईलाई सम्झिदै छ तर तपाईले कहिले सम्झनु भएन र यो देशमा पछिल्लो समयमा बढ्दो राजनीतिक प्रतिसोधको कारणले गर्दा आफ्नो पार्टी तल पर्छ कि भन्दै राम्रो काम गर्नेलाई पनि गर्न नदिएको कारणले गर्दा पनि यो देशको विकास केही पछि परेको देखिन्छ । सबै राजनीतिक दललाई आफ्नै कार्यकर्ताहरुलाई मिलाउन नै ठिक्क परेको छ । अनि कसरी पाउँछन देशमा रोजगार र कसरी बन्छ समृद्धि अब यहि अवस्थानै रहे भने अबको ५ वर्षमा युवाहरुनै नरहने र आवश्यक पर्दा छिमेकी देशबाट लिएर भर्र्ती गर्ने देखिन्छ ।

अन्तमा प्रिय नेता ज्युहरु हजुरलाई मेरो एउटा अनुरोध छ यो देश रहे हामी रहने हो र यो देशमा युवा रहे देश बन्ने हो आज सम्म परिवर्तनका निमित्त जे जति गर्नुभयो हजुरहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु र अब पनि सत्ता र कुर्सीको लोभमा देशलाई खाडलमा पु¥याउने काम केही पनि नगरेर सत्तामा बसिराख्नु भन्दा यो देशको एउटा असल सल्लाहाकार राष्ट्रप्रेमी र देशभत्ती भएर सुझाब दिदै काम गर्ने मान्छलाई अगाडि बढाउनु भन्दा यो देशको ठुलो भलो केही हुने छैन । सक्नेलाई काम गर्न दिउ राजनीतिक प्रतिसोध नसोचौ राम्रो मान्छेलाई समर्थन गरौ भ्रष्ट्राचार मुक्त देश बनाउ, राजनीतिमा नेतामोह घट्दै गयो भने भोली पक्कै पनि यो देश प्रति युवाहरुको निराशा कम हुने छ र यो देशमै रोजगारीको सिर्जना हुने छ भन्ने कुरामा केहि आशा पलाएको छ ।

 जय देश ।                                जय स्वाभीमान ।।                                                 जय युवा ।।।

अशोक बेल्वासे
अध्यक्ष
आशाका किरण संस्था
राप्ती गाउँपालिका–१ भालुवाङ
लुम्बिनी प्रदेश, नेपाल

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे