देउखुरीकाे अमिलियामा घर बनाउने क्रममा करेन्ट लागेर १ जनाकाे मृत्यु



देउखुरीकाे अमिलियामा घर बनाउने क्रममा करेन्ट लागेर १ जनाकाे मृत्यु

दाङ १ असाेज । दाङकाे देउखुरीमा करेन्ट लागेर  एक जनाको मृत्यु भएकाे छ । लमही नगरपालिका-९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढा मगरकाे करेन्ट लागेर  मृत्यु भएकाे हाे ।

मंगलबार बुढामगरले घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।  मृतकको शव अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे