मोहम्मद जन्मजयन्तीका अवसरमा मुख्यमन्त्रीको शुभकामना सन्देश : हर्षाेल्लास पूर्वक पर्व मनाउन अपिल



मोहम्मद जन्मजयन्तीका अवसरमा मुख्यमन्त्रीको शुभकामना सन्देश : हर्षाेल्लास पूर्वक पर्व मनाउन अपिल

दाङ ३१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्वीहरुले हर्षाेल्लास पूर्वक मनाउने पैगम्बर मोहम्मदको जन्मजयन्तीका का अवसरमा समस्त इस्लाम धर्मावलम्वीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसार भरिका मानव जातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पु¥याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्यपक्ष रहेको स्मरण गरेका छन् । धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको इस्लामिक पात्रो हिजरी सम्वत् परम्पराको रवि उल अव्वल महिनाको १२ तारिखका दिन जन्म भएको मानिन्छ । इस्लाम परम्परामा ‘मोहम्मद डे’ महत्वपूर्ण मानिन्छ । इस्लाम (मुस्लिम) धर्मावलम्बी पर्व विभिन्न धार्मिक कार्यक्रम गरी मनाउने परम्परा छ ।

मोहम्मद डेका दिन एकाबिहानै नुहाएर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्ने प्रचलन छ । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने परम्परा रहेको छ । लुम्बिनी प्रदेशका इस्लाम समुदायको बसोवास रहेका जिल्लाहरुमा धुमधामका साथ पर्व मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे