लुम्बिनी प्रदेश योजना आयोगकाे उपाध्यक्षमा गुल्मीका अर्याल नियुक्त



लुम्बिनी प्रदेश योजना आयोगकाे उपाध्यक्षमा गुल्मीका अर्याल नियुक्त

भालुवाङ ३१ भदाै । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका डा.डिल्लीराज अर्याल नियुक्त हुनु भएको छ । आज सोमबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषद्कोे बैठकले आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका-८, निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गर्ने निणर्य गरेको हो ।

बैठकले प्रदेश योजना आयोगको उपाध्यक्ष सहित आयोगको सदस्यहरुमा रोल्पा परिवर्तन गाउँपालिका-६, निवासी डा.सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका-१६, निवासी भुवन चौधरी र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका-१८, निवासी शान्तादेवि ढकाललाई नियुक्त गर्ने निणर्य गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका-४ चिराघाट बाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निणर्य गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निणर्य पास गरेको थियो । यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहर बीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निणर्यका लागी नेपाल सरकार समक्ष सिफारिस गर्ने निणर्य समेत गरेको सरकारका प्रबक्ता पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे