लक्ष्मी महिला सहकारीको २२ औं वार्षिक साधारणसभा सम्पन्न



लक्ष्मी महिला सहकारीको २२ औं वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ २९ भदौ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका–८ पिपरीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कुशुम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका पुर्व उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले संस्थाका सदस्यहरुले लिएको ऋणको साँवा र व्याज समयमा नबुझाउने र नीति नियमको पालना नगर्दा संस्था समस्या पर्ने गरेकाले त्यस तर्फ ध्यान दिन आग्रह गरेकी छिन् । साथै उनले संस्थालाई उचाईमा पु¥याउन सवैको हातेमालो आवश्यक रहेको बताएकी छिन् ।

संस्थाकी उपाध्यक्ष शान्तिदेवी चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका ५ नम्बर वडा सदस्य सावित्रा गोतामे, ६ नम्बर वडा सदस्य तथा कार्यपालिका सदस्य गिता चौधरी, शंकर मावि पिपरीका प्रधानाध्यापकसुर्वणमान चौधरी, संस्थाका संस्थापक छेदिया चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसी, ग्रिन महिला समिति सदस्य तारा चौधरी, आमा मिलन समिति सदस्य बसन्ती चौधरी, हिमाल महिला समितिका सदस्य नारायणी पोख्रेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा संस्थाको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन संस्थाकी व्यवस्थापक पुर्णिमा चौधरीले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका सचिव शान्ति चौधरीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे