हरियाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न



हरियाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ २९ भदौ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारणसभा शनिबार सर्वोदय मावि सिसहनियाँमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रेशम बहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सहकारीहरू स्थानीय विकास र आर्थिक समृद्धिका महत्वपूर्ण आधारस्तम्भ रहेको बताएका छन् । उनले गाउँपालिकामा सहकारीहरूले जनताको आर्थिक अवस्था सुधार्न र समग्र सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याएको बताउँदै सहकारी संस्थाहरूको सुदृढीकरणले मात्रै ग्रामीण भेगको आत्मनिर्भरता र विकास सम्भव रहेको बताए ।

अध्यक्ष विष्टले आर्थिक क्रियाकलाप, कृषि प्रवर्द्धन र रोजगारी सिर्जनामा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय उत्पादन र व्यवसायलाई प्रवर्द्धन गर्न संस्थालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए साथै उनले सहकारीका सदस्यहरूलाई पारदर्शिता, इमानदारी र एकताको भावना अपनाएर अगाडि बढ्न आग्रह समेत गरेका छन् ।  सभामा वार्षिक प्रतिवेदन सचिव राधा पाण्डे, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शोभाकर आचार्य र लेखा परिक्षण प्रतिवेदन खगेश्वर शर्माले प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष लिलबहादुर रोकाको स्वागत मन्तव्यबाट सुरू भएको सभा उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी प्रमुख मधुकृष्ण पौडेल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, संस्थाका वरिष्ठ सल्लाहकार तथा पुर्व अध्यक्ष शिवध्वज मल्ल, महिला श्रमिक सहकारी राप्ती गाउापालिका भालुवाङका अध्यक्ष विषपुरा घर्ती, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । जसमा उत्कृष्ट बचत कर्ताको रुपमा खुमबहादुर पुन, पुष्पा चौधरी, पवित्रा डाँगी, अयोध्या देवी चौधरी रहेका छन् । त्यस्तै उत्कृष्ट सदस्य वृद्धिकर्ताको रुपमा उजेली डाँगी, उत्कृष्ट लघुवित्त समुह तर्फ सुर्यविनायक लघुवित्त समुह नर्ती, सहयोगी भुमिका भवन निमार्ण प्रकाश कुमार पौडेल रहेका छन् । उत्कृष्ट संस्थागत सदस्य तर्फ पत्रिंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति गोवरडिहा, देउखुरी भारतीय भु.पु सैनिक लमही र एसईई छात्रवृत्ति तर्फ ३.६९ जि.पि.ए ल्याउने दिपक पौडेल रहेका छन् । कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिति सदस्य ईश्वरीप्रसाद अधिकारी र सचिव राधा पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे