जन्म दिनमा पत्रकार गुप्ताद्धारा रक्तदान र निलसागरमा फलफूल वितरण



जन्म दिनमा पत्रकार गुप्ताद्धारा रक्तदान र निलसागरमा फलफूल वितरण

देउखुरी १८ भदौ । देउखुरी टुडे डटकमका अध्यक्ष÷प्रधानसम्पादक सन्तोष कुमार गुप्ताले आफ्नो ३५ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् ।

जन्म दिनका अवसरमा गुप्ताले विहान नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीमा पुगेर रक्तदान गरेका छन् । “रक्तदान जीवन दान” भन्ने कुरालाई आत्मसाथ गर्दै समाजमा सामाजिक कार्य गरौं भन्ने संदेश पुगोस भनेर आफुले रक्तदान गरेको गुप्ताले बताए । त्यसै गरी गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका सडक आश्रित आमाबुवाहरुलाई फलफूल र जुस वितरण समेत गरेका छन् । आश्रममा गएर गुप्ताले फलफूल र जुस प्रदान गरेर आर्शिवाद लिएका छन् । यस्तै गुप्ताले राप्तीका क्रियाशिल पत्रकार र आफन्त सँग जन्म दिनको शुभकामना ग्रहण समेत गरेका छन् । राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विदुर एमसी लगायतले शुभकामना व्यक्त गरेका छन् ।

जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै पत्रकार गुप्ताले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत रक्तदान सँगै सडक मानब आश्रित निल सागर सेवा आश्रम मै पुगेर फलफूल प्रदान गरेका हुन् । जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, पत्रकार गुप्ताले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता अनाथ, असाहयहरु बस्ने आश्रमहरुलाई सहयोग गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि यसरी नै जन्मदिन मनाउन सुझाब दिए । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने पत्रकार गुप्ताले बताए ।

यस्तै पत्रकार गुप्ताको जन्मदिनका अवसरमा शुभकामना दिन निलसागर सेवा आश्रम पुगेका उनका माइला दाजु ओमप्रकाश गुप्ता र राष्ट्रिय संगीतकर्मी संघ दाङका अध्यक्ष श्रीधर कंडेलले जन्मदिनको शुभकामना दिएका छन् । सो अबसरमा बोल्दै उनीहरुले पत्रकार गुप्ताको पत्रकारिता र समाजसेवा प्रति थप लगाब बढ्दै जाओस् र पत्रकारिताले नेपाली समाज र राजनीतिलाई सही दिशानिर्देश गर्ने गरी कलम चलाउन थप प्रेरणा र उर्जा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । पत्रकार गुप्ताले प्रत्येक बर्ष भदौ १८ गते आफ्नो जन्मदिनमा रक्तदान र निलसागर सेवा आश्रमलाई सहयोग गर्दै आएका छन् ।

त्यस्तै उनले जन्मदिनका दिन अन्य रचनात्मक काम समेत गर्दै आएका छन् । वि.सं. २०४६ साल भदौ १८ गते आज कै दिन बुवा जगप्रसाद गुप्ता र आमा कृष्णकुमारी भट्टराई (गुप्ता) को कान्छा सन्तान हुन् । बिगत २० बर्ष देखि देउखुरी क्षेत्रलाई कर्मथलो बनाउँदै उनले निरन्तर पत्रकारिता गर्दै आएका छन् । उनी हाल दाङ—देउखुरीको भालुवाङमा प्रधानकार्यालय रहेको देउखुरी टुडे डटकमको अध्यक्ष÷प्रधान सम्पादक, हिमालय टेलिभिजन, बुद्धआवाज टेलिभिजन, गणतन्त्र राष्ट्रिय लगायतका विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत रहेका छन् । त्यस्तै पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ दाङ शाखाको साधारण सदस्य, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, राप्ती प्रेस मञ्चको वरिष्ठ उपाध्यक्ष, समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे