बिहानी सहकारीको तीज मिलन कार्यक्रम सम्पन्न



बिहानी सहकारीको तीज मिलन कार्यक्रम सम्पन्न

भालुवाङ १५ भदौ । बिहानी बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका–५ सिसहनियाँको तीज मिलन कार्यक्रम शनिवार सिसहनियाँमा सम्पन्न भएको छ ।संस्थाकी महिला उपसमिति संयोजक मिठ्ठु चौधरीको अध्यक्षता एवम् संस्थाका अध्यक्ष बामदेव चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले तीज पर्वलाई मर्यादित बनाउन दिदीबहिनीहरुले मौलिकतामा ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, संस्थाका डम्बरबहादुर ज्ञवाली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा उपस्थिति महिला दिदीबहिनीहरूलाई सामुहिक दर समेत खुवाइएको थियो भने तीजका गीतमा नाच्दै महिला दिदीबहिनीहरू रमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे