निजामती कर्मचारी युनियनले सडक आश्रित मानवहरूलाई मिष्ठान्न भोजन खुवायो



निजामती कर्मचारी युनियनले सडक आश्रित मानवहरूलाई मिष्ठान्न भोजन खुवायो

भालुवाङ १५ भदौ । नेपाल निजामती कर्मचारी युनियन दाङले स्थापना दिवसका अवसरमा सडक आश्रित मानवहरूलाई विहानको एक छाक मिष्ठान्न भोजन गराएको छ ।कर्मचारी युनियनको भदौ १९ गते परेको स्थापना दिवसका अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन शनिबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको नीलसागर सेवा आश्रममा पुगेर सडक आश्रित मानवहरुलाई मिष्ठान्न भोजन गराएको हो । कर्मचारी युनियनका जिल्ला अध्यक्ष श्रीधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष अधिकारीले कर्मचारीको सानो सहयोगले आश्रमलाई केही राहत हुने बताएका छन् ।

त्यस्तै निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले कर्मचारी युनियनलाई सहयोग गरेकोमा धन्यवाद दिदै निलसागरको स्थापना र आश्रम सञ्चालनका विषयमा जानकारी गराएका थिए । कर्मचारी युनियनले बिहीबार गुरुकुल संस्कृत पाठशाला घोराही ७ शुक्रवारी उत्तरवाहिनीमा खाद्यान्न सहयोग गरेको थियो । भाद्र १७ गते चौघेरामा हस्तकला सम्बन्धी सीप सिकिरहेका विद्यार्थीहरुको लागि स्टेशनरी सहयोग गर्ने कार्यक्रम रहेको कर्मचारी यनियनका जिल्ला सदस्य बासुदेव खनालले जानकारी दिएका छन् । स्थापना दिवसको दिन भदौ १९ गते घोराहीमा पछिल्लो १ वर्षसम्म सेवाबाट निवृत्त भएका कर्मचारी तथा नयाँ नियुक्ति भएका कर्मचारीलाई सम्मान, अन्तक्रिया, शुभकामना आदान प्रदान कार्यक्रम रहेको जिल्ला सदस्य खनालले जानकारी दिएका छन् ।कार्यक्रममा कर्मचारी युनियन दाङका उपाध्यक्षहरू शरद कुमार घिमिरे, गायित्री थापा, कोषाध्यक्ष मुक्तिराम भट्टराई, सदस्य बासुदेव खनाल, माधव देवकोटा, महाधिवेशन प्रतिनिधि प्रेमप्रकाश खड्का, राजपुर प्राथमिक कार्यसमिति अध्यक्ष रूपलाल पाण्डे, राप्ती अध्यक्ष प्रदिप वैदिक, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सञ्चालन सचिव विरबहादुर राम्जा पुनले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे