गणपति लघुवित्तले गर्यो वित्तीय साक्षरता अभिमुखिकरण तथा तीज विशेष कार्यक्रम



गणपति लघुवित्तले गर्यो वित्तीय साक्षरता अभिमुखिकरण तथा तीज विशेष कार्यक्रम

देउखुरी १५ भदाै । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय तथा अनुगमन कार्यालय बाँसगढीको आयोजनामा बित्तिय साक्षरता अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम शनिबार बाँकेकाे गाभरमा सम्पन्न भएको छ।

अनुगमन कार्यालय बाँसगढीका अनुगमन अधिकृत भरत अर्यालको अध्यक्षतामा भएकाे कार्यक्रममा ९ वटा शाखाका ३५ जना कर्मचारीहरूको उपस्थित रहेको थियो । साे अवसरमा तुलसीपुर शाखा प्रबन्धक दिपेन्द्र सापकाेटा, भुरिगाउ शाखा प्रबन्धक मदन काफ्ले, लम्कीका शाखा प्रबन्धक मिलन भट्ट र कर्मचारीहरुकाे तर्फबाट शाखा कार्यालय भुरिगाउँका कर्मचारी कृष्ण रोकायलेले तीज पर्वकाे शुभकामना सहित मन्तब्य व्यक्त गर्नु भएकाे थियाे ।

बक्ताहरुले हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजलाई मर्यादित र सभ्य बनाउन आग्रह गर्नु भएकाे थियाे । यता कार्यक्रमलाई भब्य बनाइदिएकाे भन्दै तुल्सीपुर शाखाका कर्मचारी रेनु डाँगी र शाखा कार्यालय गोबरडिहाका शाखा प्रबन्धक पबित्रा गिरीले धन्यवाद सहित आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रम सञ्चालन शाखा कार्यालय बाँसगढीका शाखा प्रबन्धक हिक्मत ढकालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे