हरियाली साकाेसकाे लमहीमा तीज विशेष कार्यक्रम सम्पन्न, तीजलाई मर्यादित बनाउन आग्रह



हरियाली साकाेसकाे लमहीमा तीज विशेष कार्यक्रम सम्पन्न, तीजलाई मर्यादित बनाउन आग्रह

देउखुरी ८ भदा‌ै । देउखुरीकाे राप्ती गाउँपालिका-५, सिसहनियाँमा रहेकाे हरियाली बचत तथा ऋण सहकारी संस्थाकाे आयाेजनामा आज शनिबार लमहीमा तीज विशेष कार्यक्रममा सम्पन्न भएकाे छ । संस्थाकाे महिला उप-समितीकाे आयाेजनामा लमही दिवा सेवा केन्द्रमा आबद्ध महिला शेयर सदस्यहरू संग तीज बिशेष कार्यक्रम सम्पन्न भएकाे हाे ।

संस्थाकाे महिला उप समिती संयाेजक बिष्णुमाया घिमिरेकाे अध्यक्षता एवम् संस्थाका अध्यक्ष रेशमबहादुर थापा प्रमुख आतिथ्यता तथा संस्थाका बरिष्ठ सल्लाहकार शिबध्वज मल्लकाे बिशिष्ट आतिथ्यतामा तीज विशेष कार्यक्रम सम्पन्न भएकाे छ ।

साे अबसरमा बाेल्दै प्रमुख अतिथी थापाले सदस्यहरूलाई तीज मर्यादित रूपमा मनाउन र तीजलाई सांस्कृति पर्वहरूकाे रूपमा लिन सबैलाई सल्लाह सुझाब दिंदै उहाँले यस्ता पर्वहरूमा  महिला संगठित हुन आग्रह समेत गर्नुभयाे । उहाँले तीज हिन्दु नेपाली नारीहरूकाे सबै भन्दा ठुलाे पर्व हाे, यसलाई सांस्कृतिक पर्वका रूपमा मनाउनुपर्ने समेत बताउनुभयाे ।

शिक्षा उपसमिती संयाेजक हरिकला पाण्डे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार मल्लले संस्थाकाे संक्षिप्त परिचय सहित सहकारी संस्थामा नियमित बचत र संरक्षित पुजी फिर्ता काेषकाे महत्त्वका बिषयमा जानकारी दिनु भएकाे थियाे । उहाँले अहिले सम्म संस्थाकाे अवस्थाका बारेमा जानकारी दिंदै अहिले सम्म संस्थाकाे वासलात ४३ कराेड माथि रहेकाे र गत बर्षकाे नाफा १ कराेड बढी भएकाे  जानकारी समेत दिनुभयाे ।

साे अवसरमा उपस्थिति महिला दिदीबहिनीहरूलाई सामुहिक दर समेत खुवाइएकाे थियाे भने तीजका गीतमा नाच्दै महिला दिदीबहिनीहरू रमाउनु भएकाे थियाे । कार्यक्रममा लमही दिवा सेवा केन्द्रमा आबद्ध तीन सय बढी महिला शेयर सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन सञ्चालन संस्थाकी सचिव राधा पाण्डेले गर्नु भएकाे थियाे ।

यसैबीच संस्थाले यही भदाै १२ गते गढवा गाउँपालिका-१, जेठान गाउँमा र १४ गते मुख्य कार्यालय सिसहनियाँमा समेत तीज विशेष कार्यक्रम आयाेजना गर्न लागेकाे संस्थाका ब्यवस्थापक उमेश चाैधरीले जानकारी दिनुभयाे । साथै उहाँले उक्त दिन त्यस ठाउँका महिला शेयर सदस्यहरूलाई उपस्थितिका लागि अनुराेध गर्नु भएकाे छ ।

साथै साे अवसरमा यहि भदा‌ै २९ गते शनिबार हुन लागेकाे संस्थाकाे सत्राैँ बार्षिक साधारणसभामा उपस्थितका लागि शेयर सदस्यहरूलाई निमन्त्रणा गरिएकाे छ । संस्थामा हाल सम्म करिब ५ हजार शेयर सदस्य रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे