स्वस्थ जीवनशैलीको आधारनै पौष्टिक आहार हो : अध्यक्ष विष्ट



स्वस्थ जीवनशैलीको आधारनै पौष्टिक आहार हो : अध्यक्ष विष्ट

भालुवाङ ७ भदौ । पौष्टिक आहार छनौट तथा स्वस्थ पाक विधि प्रदर्शनी कार्यक्रम शुक्रबार राप्ती गाउँपालिका वडा नं.७ अर्नाहनपुरमा सम्पन्न भएको छ ।

मेलमिलाप कृषक समुहको आयोजना एवम् नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोग र राप्ती गाउँपालिका दाङको समन्वयमा उक्त कार्यक्रममा सम्पन्न भएको हो । समुहकी अध्यक्ष सावित्रा चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा र नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ जीवनशैलीको आधारनै पौष्टिक आहार भएको बताउँदै यस्ता कार्यक्रमले गाउँबस्तीमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। त्यस्तै उनले पौष्टिक आहारको छनोट र स्वस्थ खाना पकाउने विधिबारे जानकारी दिन यस प्रकारका प्रदर्शनीहरू आवश्यक रहेको उल्लेख गरे ।

अधिकांश रोगहरु खानपिन बाटै लाग्ने बताउँदै अध्यक्ष विष्टले सबैभन्दा पहिले भान्सा सुधार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवले पोषण, पौष्टिक आहार तथा पाक विधिको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा अर्नाहनपुर टोल विकास संस्थाका अध्यक्ष सनातन चौधरी, समाजसेवी भिमलाल चौधरी , स्वास्थ स्वयंसेवीका लक्ष्मी चौधरी, पत्रकार ओमप्रकाश गुप्ता लगाएतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । समुहककी सचिव सुलोचना चौधरीले सञ्चालन गरेकोे कार्यक्रमको व्यवस्थापन नामसालिङ सामुदायिक विकास केन्द्रकी कृषि प्राविधिक धनकुमारी चौधरी र समाजिक परिचालिका पुस्तमा पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे