सामुदायिक वनमा लगाएकाे कर हटाउन प्रदेश सरकारलाई केन्द्रीय अध्यक्ष भण्डारीकाे आग्रह



सामुदायिक वनमा लगाएकाे कर हटाउन प्रदेश सरकारलाई केन्द्रीय अध्यक्ष भण्डारीकाे आग्रह
भालुवाङ ६ भदाै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा प्रदेश सरकारले लगाएकाे कर तत्काल खारेज गर्न माग गर्नु भएकाे छ । वन महासंघ लुम्बिनी प्रदेशकाे आज राजधानीस्थल राप्ती उपत्यका देउखुरीकाे भालुवाङमा सम्पन्न दशाैँ बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।
केन्द्रीय अध्यक्ष भण्डारीले सामुदायिक वनले प्राप्त गरेकाे आम्दानी प्रदेश र स्थानीय सरकार जस्तै सामुदायिक विकासमा खर्च खर्च गर्दै आईरहेकाेले लुम्बिनी प्रदेश सरकारलाई कर हटाएर कर मुक्त प्रदेश बनाउन आग्रह गर्नु भएकाे छ । उहाँले यदि प्रदेश सरकारले कर खारेज नगरे आन्दाेलन गर्ने चेतावनी दिनुभएकाे छ । केन्द्रीय अध्यक्ष भण्डारीले सामुदायिक वन नागरिक संस्था भएकाेले प्रदेश भरिका सामुदायिक वनलाई साथमा लिएर सरकारका बिरूद्ध आन्दाेलन गर्ने चेतावनी दिनुभयाे ।
वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीकाे अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारलाई कर खारेजीका लागि आग्रह गर्ने र कर खारेज नगरे सशक्त आन्दाेलन गर्ने निर्णय गरेकाे वन महासंघ लुम्बिनी प्रदेशका महासचिव शाेभाकर सापकाेटाले जानकारी दिनुभयाे । बैठकले २०८१ माघ मसान्त सम्म प्रदेश भरिका सबै सामुदायिक वनलाई करकाे दायरामा ल्याउन प्यान नम्बर लिन लगाउने र अन्य संघसंस्था संग समन्वय गरेर प्रदेशकाे गतिबिधि अगाडि बढाउने समेत निर्णय गरेकाे महासचिव सापकाेटाले जानकारी दिनुभयाे ।
वन महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईकाे स्वागत मन्तव्यबाट शुरू भएकाे बैठकमा महासंघकी सचिव मधुकला कँवरले बार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएकाे थियाे । बैठकमा वन महासंघका केन्द्रीय उपाध्यक्ष माेहम्मद कर खाँ, केन्द्रीय सचिव डिल्ली गिरी, केन्द्रीय सदस्यहरू दिनानाथ आचार्य, कमल परियार, टिचन गुरूङ्ग, प्रदेश सदस्यहरू अमृता नेपाल, यमबहादुर थापा र बाबुराम पाैडेल रहनु भएकाे छ ।
त्यस्तै बैठकमा वन महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल, पश्चिम नबलपरासी अध्यक्ष शारदा पाेख्रेल, रूपन्देही अध्यक्ष श्यामकला आचार्य, पूर्व रूकुम अध्यक्ष बिष्णु देबकाेटा, अर्घाखाँची अध्यक्ष मधुकुमार थापा, प्यूठान अध्यक्ष धुब्र श्रेष्ठ, बाँके उपाध्यक्ष रामबहादुर भण्डारी, बर्दिया अध्यक्ष गाेपाल चाैधरी र राेल्पा सचिव टिखा आचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे । बैठककाे सहजीकरण वन महासंघ लुम्बिनी प्रदेशका महासचिव शाेभाकर सापकाेटाले गर्नु थियाे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे