लुम्बिनी मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिवमा भुसाल र प्रेस संयोजकमा घिमिरे नियुक्त



लुम्बिनी मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिवमा भुसाल र प्रेस संयोजकमा घिमिरे नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो प्रमुख स्वकीय सचिवमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का कुशल भुसाल र दाङ लमहीका पत्रकार दशरथ घिमिरेलाई प्रेस संयोजकमा नियुक्त गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । भुसाल नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति, अर्घाभगवती यातायात प्रालिका महासचिव र एमाले वडासचिव हुन् ।

प्रेस संयोजकमा नियुक्त घिमिरे दाङमा डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । शिक्षामा स्नातक उत्तीर्ण उनी नेपाल टेलिभिजन र दाङबाट प्रकाशित ‘युगबोध’ दैनिकमा कार्यरत छन् । घिमिरे एमाले निकट प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष एवं पत्रकार महासंघ दाङ शाखाका सहसचिव पनि हुन् ।

-कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे