नेकपा एकीकृत समाजवादी ३ जना नेता नेकपा एमालेमा प्रवेश



नेकपा एकीकृत समाजवादी ३ जना नेता नेकपा एमालेमा प्रवेश

भालुवाङ ६ भदौ । नेकपा एकीकृत समाजवादीका ३ जना नेताहरु पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा जिल्ला सदस्य हिमाल अधिकारी, अभिनाष भट्टराई र युवा संगठन राप्तीका सहसचिव लक्ष्मण आले रहेका छन् । एमाले पार्टी कार्यालय मसुरियामा बिहिवार एक कार्यक्रमकाे आयोजना गरि उनीहरुलाई पार्टी प्रवेश गराएको हाे । उनीहरुलाई एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले टीका लगाएर प्रवेश गराएका हुन् ।

राप्तीका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, लुम्बिनी प्रदेश सदस्य तथा राप्ती इन्चार्ज जगत पोख्रेल, प्रदेश कमिटी सदस्य मिना गुरुङ, जिल्ला सदस्य धर्मराज अधिकारी लगायको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पार्टी सचीव भरतमणि न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे