दाङकाे गुरुकुल एकेडेमीका विद्यार्थीद्धारा सोलार कुकर निर्माण



दाङकाे गुरुकुल एकेडेमीका विद्यार्थीद्धारा सोलार कुकर निर्माण

घोराही ३२ साउन । दाङकाे गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले सोलार कुकर निर्माण गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूले पुरानो डिस प्यानल र साना ऐनाका टुक्राहरूलाई पुनःप्रयोग गरी सोलार कुकर निर्माण गरेका हुन् ।

उनीहरूले निर्माण गरेको सोलार कुकरमा सौर्य ऊर्जा प्रयोग गरी अण्डा पकाउन, पोच बनाउन, र पानी उमाल्न सफलता पूर्वक परीक्षण गर्दै प्रदर्शन समेत गरेका छन । जसले नवीकरणीय ऊर्जा सिद्धान्तहरूको व्यावहारिक प्रयोग देखाउँने गुरुकुल एकेडेमीका विज्ञान विषय शिक्षक भुवन आचार्यले जानकारी दिनुभयो ।

यस अवसरमा विद्यार्थी आर्यन घर्तीले आफू र आफ्ना साथीहरूले सोलार कुकर निर्माण गर्न अपनाएको विधि तथा सहकार्य र प्रक्रियाबारे व्याख्या जानकारी दिएका थिए । उनीहरूको परियोजनाले समूह कार्य र नवीकरणीय ऊर्जा र दिगो इन्जिनियरिङ सिद्धान्तहरूको व्यावहारिक प्रयोगलाई प्रदर्शन गरेको थियो ।

साथै निर्माण समुहकि छात्रा यशु बुढाथोकीले सोलार कुकर मोडलहरू बनाउनको शैक्षिक महत्त्वलाई व्याख्या गर्दै आबश्यकता अनुसारको सम्पुर्ण औजार तथा सामानहरु उपलब्ध भएमा अन्य सामानहरु पनि निर्माण गर्न सकिने बताउनुभयो ।

यो व्यवहारिक दृष्टिकोणले नवीकरणीय ऊर्जा अवधारणाहरूको समझलाई बढाउँछ र दिगो प्रविधिमा नवप्रर्वदनलाई प्रोत्साहन दिने गुरुकुल एकेडेमीका विज्ञान शिक्षक आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे