दाङको गुरुकुल एकेडेमीको कक्षा ११ का बिद्यार्थीहरुको स्वागत



दाङको गुरुकुल एकेडेमीको कक्षा ११ का बिद्यार्थीहरुको स्वागत

घोराही ३२ साउन । दाङको घोराही–१५, रतनपुरमा रहेको गुरुकुल एकेडेमLमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । गुरुकुलमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल पौवामा एक कार्यक्रमका बीच ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्र अल्विन खड्काको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताउनुभयो ।

गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई आगामि दिनको शुभकामना मन्तव्य दिँदै स्वागत हुनु एक रमाइलो क्षण महसुस हुने र उच्च शिक्षाको लागि नँया खुड्किलामा सुरुवात भएको र त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए ।

उनीहरुले उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाई थियो ।

कक्षा १२ का छात्र सुशान्त रावतले दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताइन ।

उहाँले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको भबिष्य बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पु¥याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिनुभयाे ।

कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरकफरक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा. कृष्णराज डिसि, विद्यालयका संयोजक महेन्द्र पौडेल, विद्यालयका प्लसटु बिज्ञान संयोजक अजय शाह, व्यबस्थापन संयोजक राजन अधिकारी, संस्कार प्रमुख भुगोल कवर मगर  लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कक्षा १२ का छात्रा एजिना अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा १२ प्रशंसा शर्मा , सृज्वल पौडेल र सन्दिप पौडेल र सिम्रन गिरीले गरेका थिय भने नेपाली बिषयका बिभागिय प्रमुख विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे