शिवसवरी धाम धार्मिक केन्द्रमा श्रृङ्गारिक महाआरती, आज उद्घाटन हुँदै 



शिवसवरी धाम धार्मिक केन्द्रमा श्रृङ्गारिक महाआरती, आज उद्घाटन हुँदै 

भालुवाङ २७ साउन । शिवसबरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका- ५ पहरूवाको आयोजनामा साउन २६ गते देखि २८ गते सम्म सञ्चालित त्रिदिवसीय श्रृङ्गारिक महाआरती तथा एक दिवसीय शिव कथा उत्सव प्रवचनको पहिलो दिन श्रृङ्गारिक महाआरती प्रस्तुत गरिएको छ ।धामको प्रचारप्रसार तथा भगवान शिव र पार्वतीको विभिन्न आकृतिका मुर्तीहरू निर्माणका लागि महाआरती तथा शिवकथा लगाउन थालिएको धामकी संरक्षक गुरु शिवलक्ष्मी चाैधरीले जानकारी दिनु भएको छ । यसै बीच महाआरती तथा शिवकथा उत्सव प्रवचनको आज उद्घाटन गरिदै छ । सो महाआरती तथा शिवकथा उत्सव प्रवचनको उद्घाटन प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले गर्नु हुने भएको छ ।

बेलुका ७ बजे देखि सुरू हुने कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण भक्तजनहरूलाई धामकी संरक्षक गुरु शिवलक्ष्मी चाैधरीले आग्रह गर्नु भएको छ । कार्यक्रममा शिवकथा प्रवचनमा प्रमुख कथा वाचक व्यासाचार्य गुरु परशुराम पाण्डेय र श्रृङ्गारिक महाआरती प्रमुख तथा उपवाचक गुरु मोहन शर्मा रहनु भएको छ । महाआरती तथा शिवकथा भोलि सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे