दाङकाे तुलसीपुरमा सहयाेगै सहयाेगमा बन्याे दुबै मृगाैला पिडित हरिमाया विककाे पक्की घर



दाङकाे तुलसीपुरमा सहयाेगै सहयाेगमा बन्याे दुबै मृगाैला पिडित हरिमाया विककाे पक्की घर

दाङ २६ साउन । दाङकाे तुलसीपुरमा सहयाेगै सहयाेगमा एक मृगाैला पिडितकाे पक्की घर बनेकाे छ । विभिन्न व्यक्तिहरूकाे सहयाेगमा तुलसीपुर उप-महानगरपालिका-१६, जहदागाउँकी हरिमाया विककाे तीन काेठे पक्की घर निर्माण भएकाे छ । यसैबीच दाङकाे तुलसीपुरमा दुबै मृगाैला पिडित हरिमाया विकलाई नवनिर्मित घर हस्तान्तरण गरिएकाे छ ।

दाङ-तुलसीपुरकाे सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा विभिन्न व्यक्तिहरूकाे सहयाेगमा नवनिर्मित शाैचालय, स्नानगृह बाहेक तीन काेठे पक्की घर आज शनिबार एक कार्यक्रमका बीच दुबै मृगाैला पिडित तुलसीपुर उप-महानगरपालिका-१६, जहदागाउँकी हरिमाया विककाे परिवारलाई हस्तान्तर गरिएकाे छ ।

सयपत्री दाेहाेरी घरका सञ्चालक तथा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष एवम् दियालाे अनलाइन डटकमका सञ्चालक दिपक वलीकाे सक्रियतामा कुल ४ लाख ६३ हजार २ सयकाे लागतमा उक्त तीन काेठे पक्की घर निर्माण गरिएकाे थियाे ।

जस मध्ये करिब ८० जनाबाट जिन्सी ४ लाख ४ हजार ४५ रूपैया नगद सहयाेग प्राप्त भएकाे दाेहाेरी घरका सञ्चालक वलीले जानकारी दिनुभयाे । तुलसीपुर उप-महानगरपालिका ७, गाेवारखाेला निवासी इश्वरीप्रसाद भण्डारीले तुलसीपुर-१६, जहदागाउँमा रहेकाे ५ धुर जग्गा मृगाैला पिडित हरिमायाकाे परिवारलाई उपलब्ध गराएपछि दाेहाेरी घरका सञ्चालक दिपक वलीले विभिन्न व्यक्ति र संघसंस्थाकाे सहयाेगमा उक्त ३ काेठे पक्की घर निर्माण भएकाे गरिएकाे बताईएकाे छ ।

घर निर्माणका लागि राष्ट्रिय संगीतकर्मी संघका जिल्ला सल्लाहकार राजकुमार वली २५ हजार ५ सय, तुलसीपुर उप-महानगरपालिकाबाट २५ हजार, संगीतकर्मी संघ लुम्बिनी प्रदेश सल्लाहकार केशरबहादुर सुनार १२ हजार ६ सय गरी करिब ८० जनाबाट जिन्सी ४ लाख ४ हजार ४५ रूपैया नगद सहयाेग प्राप्त भएकाे दाेहाेरी घरका सञ्चालक वलीले जानकारी दिनुभयाे ।

उक्त घर निर्माण गर्दा अहिले सम्म करिब ६० हजार अपुग रहेकाे सञ्चालक वलीले बताउनुभयाे । दाेहाेरी घरका सञ्चालक दिपक वलीकाे अध्यक्षता एवम् तुलसीपुर उप-महानगरपालिकाका मेयर टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी मेयर खड्का र विशिष्ट अतिथी चर्चित गायक कृष क्षेत्रीले शिलालेख अनावरण गरेर हरिमाया परिवारलाई तालाचाबी दिएर घर हस्तान्तरण गरिएकाे छ ।

साे अवसरमा बाेल्दै मेयर खड्काले सयपत्री दाेहाेरी घरले निर्माण गरेर समाजमा उदाहरणीय कार्य गरेकाे भन्दै उच्च प्रशंसा गर्नुभयाे । उहाँले समाजकी कार्यमा युवा समुदाय अग्रसर हुनुपर्ने बताउँदै मेयर खड्काले दुबै मृगाैला पिडित हरिमायाकाे उपचारका लागि नगरपालिकाले पूर्ण रूपमा सहयाेग गर्ने प्रतिबद्ध जनाउनु भएकाे थियाे ।

स्वतन्त्र युवा क्लबका अध्यक्ष संदिप गाैतमकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका लुम्बिनी प्रदेश सल्लाहकार सन्ताेषकुमार गुप्ता, पुल्चाेक टाेल विकास संस्थाका अध्यक्ष जाेगेन्द्र नेपाली, सचिव हुकुम खड्का लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।

साे अवसरमा चर्चित गायक कृष क्षेत्री, चर्चित गायिका उषा दसाैदी, गायक रमेश शर्मा, गायक राजेन्द्र परियार, गायक श्रीधर कडेल, गायक सन्दिप सेन्चरी, माेडेल तथा डान्सरहरू सिर्जना वली, ललिता बस्नेत र गायक रमेश जैसी लगायतका कलाकारले विभिन्न सांस्कृति प्रस्तुति देखाउनु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन राष्ट्रिय संगीतकर्मी संघका दाङ जिल्ला सचिव भिम वलीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे