राप्तीमा युवा चेम्बरले रक्तदान गरी अन्तराष्ट्रिय युवा दिवस मनायो : २० युनिट रगत संकलन



राप्तीमा युवा चेम्बरले रक्तदान गरी अन्तराष्ट्रिय युवा दिवस मनायो : २० युनिट रगत संकलन

भालुवाङ २८ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाईमा सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि“ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका चेम्बर अफ कर्मशको मातहातमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना एवम् राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा २० जना रक्तदाताहरुबाट २० युनिट रगत संकलन भएको छ । रक्तदान गर्नेहरुमा महानन्द पोख्रेल, पर्वता क्षेत्री, शेषकान्त आचार्य, नमिला पाण्डे, विष्णुप्रसाद सुबेदी, मनोहर राम चौधरी, औधेस चौधरी, प्रदिप चौधरी, सियाराम चौधरी, बसन्त कुवर क्षेत्री, नेमालाल बेल्वासे, बालानन्द आचार्य, शशिराम बोहोरा, सिता चौधरी, प्रेमकुमार चौधरी, मदन पोख्रेल, चेतन पोख्रेल, योग कुमार चौधरी, ओमप्रकाश चौधरी र मधुसुधन सुवेदी रहेका छन् ।

युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले सबैभन्दा उत्कृष्ट दान भनेकै रक्तदान भएको बताउदै समाजमा अझै पनि रक्तदान गर्नुको महत्त्व बुझाउन आवश्यक रहेको बताए । रक्तदान कार्यक्रमले जिल्लाका विभिन्न अस्पतालहरुमा बेलाबेलामा देखिने रगत अभावको समस्या समाधान गर्न सहयोग पुग्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो ।

त्यस्तै अध्यक्ष विष्टले युवाहरू रचनात्मक कार्य प्रति अग्रसर बन्नुपर्ने बताए । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी,दाङ रक्त सञ्चार सेवा केन्द्रका जिल्ला प्रमुख दिलिप न्यौपाने,राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्बासे,शेषकान्त आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रक्तदान कार्यक्रममा ब्लड बैंक दाङका प्रमुख दिलिप न्यौपाने, प्राविधिक दिलिप चौधरी र रक्त सञ्चार सेवा केन्द्र लमहीकी प्राविधिक सिमा वलीले सेवा दिएका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे