दाङमा अनुचित लेनदेन गरेको आरोपमा ७ जना पक्राउ



दाङमा अनुचित लेनदेन गरेको आरोपमा ७ जना पक्राउ

दाङ २४  साउन । दाङमा अनुचित लेनदेन गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २ जना पुरुष र ५ जना महिलाहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दाङ तुलसीपुरको बिजौरी घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १५ बीपी चोक बस्ने ५७ बर्षीया माधवा बस्नेत, उनका श्रीमान ५८ बर्षीय धर्म बहादुर बस्नेत, घोराही १५ निवासी यामा कुमारी बस्नेत, घोराही ८ निवासी ५१ बर्षीय तिलक बहादुर महरा क्षेत्री, दाङ १५ प्रगतीनगर टोल निवासी ५३ बर्षीया पार्वता केसी, घोराही १५ बस्ने बर्ष ३४ बर्षीया ममता कुमारी केसी(डिसी) र घोराही १५ निवासी ३७ बर्षीया ऋषा बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए ।

पक्राउमा परेकी प्रतिवादी मध्येकी माधवा बस्नेतले बिभिन्न ब्यक्तीहरुलाई ऋण लगानी गर्ने र चर्को ब्याज असुल्ने गरेको पाईएको छ । त्यतिछ मात्रै नभई ऋण लिने मानिसहरुबाट खाली चेकमा दस्तखत गराई चेक लिने गरेको पाईएको छ । चेक नभएका मानिसहरुसंग ऋण लिएको भन्दा वढी रकम राखी तमसुक बनाई ऋण दिदै आएको र ऋणीहरुसंग सावा ब्याज बापत रकम असुल गरी सकेपछी उनीहरुले गरेको तमसुक तथा दिएको चेक माग गर्दा निजले हराएको तथा मैले च्याती फाली दिउला भनी बहाना बनाई केही चेकहरुमा आफ्नै नाम राखी बाउन्स गराएको समेत पाईएको प्रहरीले बताएको छ ।

चेक बाउन्स गर्नुकासाथै तमसुक देखाएर जिल्ला अदालतमा चेक अनादर तथा लेनदेन कसुरमा मुद्दा दर्ता गरेर म्याद गएपछि मात्रै पीडितले थाहा पाएका थिए । त्यसपछि उनीहरुले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी नाउब उपरीक्षक तिमिल्सिनाले बताए । बस्नेतले केही तमसुक आफ्नो नजिक नातेदारहरुको नाममा गराएको र ऋणीहरुबाट लिएको दस्तखत मात्र गरेको खाली चेकमा समेत आफन्तको नाममा बनाई बाउन्समा हालेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे