लुम्बिनीमा १० दिन पछि मन्त्रीहरूकाे कार्यविभाजन, आठ मन्त्रीहरूकाे जिम्मेवारी ताेकियाे



लुम्बिनीमा १० दिन पछि मन्त्रीहरूकाे कार्यविभाजन, आठ मन्त्रीहरूकाे जिम्मेवारी ताेकियाे

भालुवाङ १८ साउन । लुम्बिनीमा नियुक्त भएर सपथ ग्रहण गरेकाे १० दिन पछि आज शुक्रबार बल्ल मन्त्रीहरूकाे कार्य विभाजन गरिएकाे छ । गत साउन ९ गते विना विभागीय मन्त्रीकाे रूपमा सपथ ग्रहण गरेका मन्त्रीहरूले १० दिन पछि बल्ल जिम्मेवार पाएका हुन् ।

जस अनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाउनु भएकाे छ । कांग्रेसले एक मन्त्री पठाउन बाँकी छ।

यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाउनु भएकाे छ ।

मुख्यमन्त्री सहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिनु भएकाे थियाे । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्मन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले राख्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे