राप्ती कृषि सहकारीकाे प्रारम्भिक साधारणसभा सम्पन्न : सिस्नो, बेसार र केरा खेती प्रबद्र्धन गर्ने



राप्ती कृषि सहकारीकाे प्रारम्भिक साधारणसभा सम्पन्न : सिस्नो, बेसार र केरा खेती प्रबद्र्धन गर्ने

भालुवाङ १७ साउन । राप्ती कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ९ रुपाकोटको प्रारम्भिक साधारण सभा बिहिवार रुपाकोटमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिनामणि ओली दिनेशको अध्यक्षता एवं राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको प्रमुख आतिथ्यता एवं नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शशांक बाबु आचार्यको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी सचिव लिला पुनले आगामी आर्थिक वर्षबाट सिस्नो, केरा तथा बेसार खेती प्रवर्धन गर्न वडासँग समन्वय गरी कृषि अनुदान माग गरी कार्यक्रम सञ्चालन गर्ने बताएकी छिन् ।

त्यस्तै उनले वडाका सदस्यहरूलाई सहज तरिकाले मलखाद वितरण गर्न सम्बन्धित निकायसँग समन्वय गरी सहकारी मार्फत मलखाद वितरण गर्ने, वडाका स्थानीय उत्पादन प्रवर्द्धन गर्न उचित तालिम सञ्चालन गर्ने कृषक उत्पादनलाई व्यवस्थापन गर्न बजारीकरण गर्न सहयोग पु¥याउने, कृषि पशुपालन तथा आर्थिक गतिविधि संस्थाको विनियम अनुसार सञ्चालन गर्ने वडाका प्रत्येक टोल समुदायमा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने र शेयर सदस्य संख्या विस्तार गरी १५० पुर्याउने लक्ष्य लिएको उनले बताएकी छिन्। त्यस्तै सभामा आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष कमला घर्तीले प्रस्तुत गरेकी थिइन् ।

संस्थाका उपाध्यक्ष सफि मोहम्मद मियाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड कोर्डिनेटर धर्म यादव, देवी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर सोती मगर, माध्यमिक विद्यालय रुपाकोटका सहायक प्रधानाध्यापक खिमबहादुर ओली, वडा सदस्यहरू अलि मोहम्मद मिया, ददी बराल, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभा उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले राप्ती गाउँपालिकाको विकट तथा पहाडी गाउँमा पहिलो पटक सहकारी संस्था सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै कृषि सहकारी मार्फत स्थानीयहरूलाई कृषि सँग जोडेर कृषि उद्यमी बनाउन भुमिका खेल्ने बताएका थिए ।  सभा उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाकी सचिव लीला पुनले गरेकी थिइन् ।

प्रारम्भिक साधारणसभाबाट विष्णु कंवर अध्यक्षमा सर्वसम्मत चयन
राप्ती कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ९ रुपाकोटको प्रारम्भिक साधारण सभाबाट विष्णु कंवर सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

बिहिवार रुपाकोटमा आयोजित प्रारम्भिक साधारण सभाले २ वर्षे कार्यकालका लागि अध्यक्षमा कंवरलाई चयन गरेको हो । कंवरकै अध्यक्षतामा १ जना पछि थप गर्ने गरी १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा सफि मोहम्मद मिया, सचिवमा विष्णु बहादुर चुहान, कोषाध्यक्षमा लिला पुन, सहसचिवमा भेषबहादुर कार्की रहेका छन् । त्यसै गरी सदस्यहरुमा बसन्ती कंवर, कुवारीदेवी कार्की, नजिरन खातुन, कमला घर्ती, तुल्सा गाहा, सरस्वती विक, बलबहादुर उलुङगे, सावित्रा सुनारी, जयपुन मिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे