सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा नयाँ प्रहरी प्रमुखहरुलाई स्वागत



सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा नयाँ प्रहरी प्रमुखहरुलाई स्वागत

भालुवाङ ७ साउन । सिसहनियाँ उद्योग वाणिज्य संघले सोमबार सिसहनियाँमा २ जना नयाँ प्रहरी प्रमुख सँग परिचयात्मक कार्यक्रम सँगै स्वागत गरेको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख अमरबहादुर माझी र सिसहनियाँका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक मनोहर राम चाैधरीलाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेको छ ।

संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक माझीले बढ्दो सवारी दुर्घटना, लागुऔषध दुर्वयशन न्युनीकरण सक्दो पहल गर्ने बताएका छन् । अधिकांश दुर्घटना मानवीय लापरबाहीका कारण हुने गरेको बताउँदै त्यसको रोकथामका लागि सवै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् । त्यस्तै पछिल्लो समय युवा तथा बालबालिका समेत लागुऔषध दुर्वयशनमा फस्न थालेकोले त्यसको रोकथामका लागि सचेतना आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, इलाका प्रहरी कार्यालय सिसहनियाँका नयाँ कार्यालय प्रमुख तथा प्रहरी नायव निरिक्षक मनोहर राम चाैधरी, नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चाैधरी लगायतका वक्ताहरूले बोलेका थिए । बोल्ने वक्ताहरूले सडक दुर्घटना, चोरी, लागुऔषध दुर्वयशन रोकथाम र शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सुझाव दिएका थिए । संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका महासचिव प्रकाश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे