लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त



लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त

भालुवाङ ७ साउन । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दल उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।  आज साेमबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा ५६ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका आचार्यलाई आज नै मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालय बुटवलले जनाएको छ ।

आचार्यलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालय बुटवलका उपसचिव धर्मा अर्याल बेल्बासेले जानकारी दिए । यसअघि एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रिय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको हो ।

लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन् । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।

नवनियुक्त मुख्यमन्त्री आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ को १ बाट निर्वाचित  हुन् । आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे