लुम्बिनीकाे मुख्यमन्त्रीमा एमाले नेता लिला गिरी बन्दै



लुम्बिनीकाे मुख्यमन्त्रीमा एमाले नेता लिला गिरी बन्दै

भालुवाङ ६ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी बन्ने भएका छन् । एमाले र कांग्रेसकाे समर्थनमा मुख्यमन्त्रीमा गिरीलाइ अगाडि बढाउने सहमति जुटेकाे हाे ।

केन्द्रीय राजनितिमा आएकाे फेरवदलका कारण लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व फेरिन लागेकाे हाे । लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने भएका हुन् ।

एमालेकाे जिम्मामा परेकाे लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री लिला गिरीलाइ बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले जानकारी दिए । दुबै दलकाे तर्फबाट मुख्यमन्त्रीमा गिरीलाई नियुक्तिकाे लागि प्रदेश प्रमुख सक्षम आज नै दावी पेश गर्ने तयारी गरिएको छ ।

आज बस्ने संसद बैठकमा मुख्यमन्त्री जाेखबहादुर महराले विश्वासकाे मत लिने तयारी गरेका छन । तर, एमाले र कांग्रेसकाे विचमा मुख्यमन्त्रीकाे लागि सहमति भएपछी महराले संम्बाेधन गरेर राजिनामा दिन सक्ने उनकाे सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे