राप्ती गाउँपालिकाको पिपरीमा १० जना महिलाहरू मिलेर चलाए गार्मेन्ट उद्योग



राप्ती गाउँपालिकाको पिपरीमा १० जना महिलाहरू मिलेर चलाए गार्मेन्ट उद्योग

भालुवाङ २८ असार । चुलो चाैका तथा मेलापातमा व्यस्त रहने दाङ राप्ती गाउँपालिकाका महिलाहरू विस्तारै उद्यमी बन्न थालेका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा १० जना महिलाहरु मिलेर गार्मेन्ट उद्योग  सञ्चालन गरेर आम्दानी लिन सुरू गरेको उद्योगकी उपाध्यक्ष उत्तम चाैधरी र सुमित्रा गुरूङले बताएकी छिन् । राप्तीका युवा र महिला उद्यमशीलतामा पहिला भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाले राप्ती गाउँपालिकाको ९ वटै वडामा १/१ वटा उद्योग सञ्चालन गर्ने योजना अनुसार सो वडाका १० जना महिलाहरूको सामुहिक लगानीमा सोही वडाको पिपरीमा राप्ती महिला उद्यमी गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । २५/२५ हजार उठाएर कुल २ लाख ५० हजारको लगानीमा सो उद्योग स्थापना गरिएको छ । अरू व्यवसायी भन्दा गार्मेन्ट उद्योग कम मात्रमा रहेको र आम्दानीको हिसावले राम्रो रहेकोले गार्मेन्ट उद्योग सञ्चालन गरेको र यसैमा आफुहरू सन्तुष्ट रहेको उनीहरूको भनाई रहेको छ । राप्ती गाउँपालिका र ८ नम्बर वडाको सहयोगमा पहिलो चरणमा २५ जना महिलाहरूलाई आधारभुत सिलाई कटाई तालिम दिए पश्चात् १० जना महिलाहरू उद्योग सञ्चालनका लागि इच्छुक भएपछि १० जना महिलाहरूलाई गार्मेन्ट तालिम दिए पछि सो उद्योग स्थापना भएको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिएका छन् ।
उद्योगको शुक्रवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन समेत गरिएको छ । उद्योगकी उपाध्यक्ष उत्तम चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यता तथा ८ नम्बर वडा अध्यक्ष चन्द्रबहादुर गुरूङको विशिष्ट आतिथ्यतामा भएको उद्योग उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले  महिलाहरुलाई सिपसँगै आत्मनिर्भर बनाउनका लागि यस्ता उद्योगहरुको आवश्यकता रहेको बताएका थिए । उद्योग सञ्चालनमा पुरुषहरुको तुलनामा महिलाहरु पछि रहेको भन्दै यसले महिलाहरुलाई अघि बढ्न समेत प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै उनले तालिम तालिममा मात्र सिमित नहोस् भन्न लागि लागि महिला र युवाहरूलाई प्रत्यक्ष रूपमा उद्योग सँग जोड्ने हिसावले गाउँपालिका अगाडि बढेको बताईन् ।
कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष गोकर्ण बहादुर राना, राप्ती गाउँपालिका गाउँकार्यपालिका सदस्य तथा १ नम्बर वडा सदस्य पार्वती सुवेदी, ८ नम्बर वडा सदस्य चम्फा पुन, तारा टेक्निकल इन्सिच्युट तथा रिसर्च सेन्टर प्रालिका सञ्चालक तारा भुसाल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवर्णमान चाैधरी, शंकर सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष इमानसिंह कार्की  लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य भानु विकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे