राप्ती गाउँँपालिकाकाे गाउँसभाद्वारा आर्थिक विधेयक पारित, आगामी बैठक साउन १५ गते बस्ने



राप्ती गाउँँपालिकाकाे गाउँसभाद्वारा आर्थिक विधेयक पारित, आगामी बैठक साउन १५ गते बस्ने

भालुवाङ २७ असार । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभा तथा पाँचौँ अधिवेशनको चाैथाे बैठकले पालिकाकाे आर्थिक विधेयक २०८१ संशोधन सहित सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाका सदस्य गेमे खड्काले गत असार ९ गते सभामा प्रस्तुत गर्नुभएको उक्त विधेयक बुधबार बसेकाे सभाकाे चाैथाे बैठकले संशोधन सहित सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिए। त्यस्तै सभाले सभाका सदस्य तथा न्यायीक समितिका संयाेजक कमलापती चाैधरीले प्रस्तुत गर्नुभएको न्यायीक समितिको प्रगति प्रतिवेदन २०८१ समेत सर्वसम्मत रुपमा पारित गरेको छ।

सभामा सभाका सभा अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाकाे आर्थिक विधेयक २०८१ उपर सभाका सदस्य सुन्दर बहादुर शाहीले पेेश गर्नुभएको संशोधन प्रस्ताव फिर्ता लिएको जानकारी गराएका थिए । सभाका सदस्य रिमबहादुर सुनारी मगरले गत असार १७ गते प्रस्तुत गरेको विनियोजन विधेयक २०८१ सभाले साेही दिन सर्वसम्मत रुपमा पारित गरिसकेको छ। गाउँसभाकाे पाँचौँ अधिवेशनको पाँचौं बैठक पुन: साउन १५ गते बस्ने गरि स्थगित गरिएको प्रवक्ता चाैधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे