दाङको पाखापानीमा स्थानीयले सडककै बीच भागमा केरा र फूल रोपिदिए 



दाङको पाखापानीमा स्थानीयले सडककै बीच भागमा केरा र फूल रोपिदिए 

भालुवाङ २६ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुवाङ सडक खण्डमा परेको खाडल सडक डिभिजन कार्यालयले नपुरेपछि स्थानीयले  बीच सडकमा केरा र फूलको विरूवा रोपेर विरोध जनाएका छन्।

राप्ती गाउँपालिका वडा नम्बर १ का स्थानीयहरूले महेन्द्र राजमार्गमै केरा र फुलको बिरूवा रोपेका हुन् । गत हप्ता देखि परेको वर्षाले राजमार्गमा खाडल परेको थियो । खाडल पर्दा दुर्घटनाको जोखिम बढ्दै गएको र समयमा सडक डिभिजन कार्यालयले सडक मर्मतमा ध्यान नदिएपछि  स्थानीयले केरा र फूलको विरूवा रोपेर सडक डिभिजन कार्यालय दाङलाई दवाफ छन् ।

आज बिहान मात्र दाङबाट भैरहवा जाँदै गरेको स्कुटर दुर्घटनामा परेको थियो । २ वर्ष अघि पनि सोही खाडलका कारण टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । दुर्घटनाको जोखिम बढेको भन्दै सडक डिभिजन कार्यालय दाङलाई दवाव बीच सडकमै केरा र फूल रोपेर विरोध जनाएको  स्थानीयले बताएका छन् । यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सडकमा परेको ठुला ठुला खाडल तत्काल मर्मत गरिदिन सडक डिभिजन कार्यालय दाङलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे