लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव कवारीको सरूवा : नयाँ सचिवको रूपमा रेखा कडेल आउँदै



लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव कवारीको सरूवा : नयाँ सचिवको रूपमा रेखा कडेल आउँदै

भालुवाङ २५ असार । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लालबाबु कवारीको गृह मन्त्रालय काठमाडौं सरूवा भएको छ । संघिय सामान्य प्रशासन मन्त्रालयले कवारीलाई गृह मन्त्रालयमा सरूवा गरेको हो ।

यसैबीच बिदाई भएर जान लागेका कवारीलाई सोमबार मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि फेरि भेटाैला कार्यक्रम गरेको छ । मन्त्रालयका महाशाखा प्रमुख राजेन्द्र पन्थीको अध्यक्षतामा भएको कार्यक्रम बिदाई भएर जान लागेका कवारीले आफुले मन्त्रालय सम्हाले देखि अन्य मन्त्रालय भन्दा आफुले कार्यसम्पादनमा उत्कृष्ट काम गरेर प्रदेश मन्त्रालयकाे इज्जत बढाएकाे बताए । उनले आउने सचिव पनि यसैगरी मन्त्रालयकाे इज्जत उचाईमा पुर्याउने गरी काम गर्नुपर्ने बताए । सचिव कवारीले मन्त्रालयले सुरक्षा, कानुन, सञ्चार र विपत्त व्यवस्थापन सम्बन्धी कार्य गर्ने भएकाेले यी बिषयमा मन्त्रालयमा रहेका कर्मचारीहरू अत्यन्तै जिम्मेवार भएर समन्वयका साथ काम गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल लगायतका वक्ताहरूले बिदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विपद शाखा प्रमुख मञ्जु पोख्रेलले गरेकी थिइन् । यसै बीच नयाँ सचिवको रूपमा मुद्रण विभागका महानिर्देशक रेखा कडेल आउन लागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे