एसईईमा ज्योतिष्मतीका अन्वेश सुवेदी देउखुरी प्रथम, परिक्षामा सफल भएका विद्यार्थीलाई सम्मान



एसईईमा ज्योतिष्मतीका अन्वेश सुवेदी देउखुरी प्रथम, परिक्षामा सफल भएका विद्यार्थीलाई सम्मान

लमही १७ असार । यस वर्षको एसईई परिक्षामा ज्योतिष्मती विद्यापीठका अन्वेश सुवेदी देउखुरी प्रथम हुन सफल भएका छन् ।  भने सोही विद्यालयका भूषण घिमिरे दोस्रो भएका छन् ।सुवेदी ३.९ जिपिए सहित ए प्लस र  घिमिरे ३.८६ जिपिए सहित ए प्लस ल्याएर देउखुरी टप्न सफल भएको विद्यालयका प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिएका छन् । परिक्षामा सहभागी ४६ जना विद्यार्थी मध्ये ज्योतिष्मतीले ४३ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ । परिक्षामा सफल भएका विद्यार्थी मध्ये ५ जनाले ३.६ जिपिए भन्दा माथि ए प्लस, १५ जनाले ३.२ जिपिए भन्दा माथि ए, १८ जनाले २.८ जिपिए भन्दा माथि बी प्लस र ५ जनाले २.४ जिपिए भन्दा माथि बी ल्याएको विद्यालयका प्रिन्सिपल भुसालले जानकारी दिएका छन् । ९३.४८ प्रतिशत सहित देउखुरी क्षेत्रमै सामुदायिक तथा संस्थागत विद्यालयलाई पछी पार्दै ज्योतिष्मती विद्यापीठ अग्र स्थानमा छ । यसै बीच ज्योतिष्मती विद्यापीठ लमहीले सोमबार एक कार्यक्रमको आयोजना गरि एसईई २०८० मा सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रिन्सिपल नारायण प्रसाद भुसालको अध्यक्षता एवम्  सञ्चालक समितिका अध्यक्ष बसन्तराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिक्षामा सफल भएका विद्यार्थीहरूलाई टीका, खाँदा र डायरी प्रदान गरि बधाई तथा सम्मान गरिएको थियो ।  विद्यालय सञ्चालक समितिका सदस्य शरद कुमार शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा पत्रकार लिला शाह, अभिभावक प्रभा आचार्य, विद्यार्थी अन्वेश सुवेदी लगायतका वक्ताहरूले बधाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल विनोद भट्टराईले गरेका थिए ।

विगतका वर्षहरुमा पनि ज्याेतिष्मती विद्यापीठ लमहीले उत्कृष्ट नतिजा ल्याउने गरेको छ । बालबालिकालाई सस्कार सहित शिक्षा प्रदान गर्दै गरेको यस विद्यालयले देखि कक्षा ११ र १२ मा कानून र व्यवस्थापन संकायमा अध्यापन गराउदै आएको छ । कक्षा १२ मा पनि सो विद्यालयले राम्रो नतिजा लिंदै आएको छ । ‘आगामी दिनमा पनि सबैको सहयोगले हामी राम्रो नतिजा ल्याउने कुरामा विश्वस्त छौं’- प्रधानाध्यापक भुसालले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे