ज्ञानाेदय माविकाे नवनिर्मित भवनको अध्यक्ष विष्टद्वारा उद्घाटन



ज्ञानाेदय माविकाे नवनिर्मित भवनको अध्यक्ष विष्टद्वारा उद्घाटन

भालुवाङ १९ असार । दाङको राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवामा रहेको ज्ञानाेदय माध्यमिक विद्यालयकाे नवनिर्मित ६ काेठे पक्की भवनकाे बुधबार उद्घाटन गरिएको छ।क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको ८५ लाख १४ हजार ८७ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका हुन् । भवन उद्वाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले  शैक्षिक गुणस्तर कायम गर्न भाैतिक पूर्वाधारकाे महत्त्वपूर्ण भूमिका हुने बताए । त्यस्तै अध्यक्ष विष्टले शिक्षा नि:शुल्क सँगसँगै गुणस्तरीय र व्यावहारिक हुनु पर्ने कुरामा जाेड दिदै त्यसको लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले सरकारले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै संस्थाकाे प्रशंसा गरिन् ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले शैक्षिक क्षेत्रकाे सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावकहरुकाे त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष भिम बहादुर चाैधरीले भवन निर्माण कार्यकाे खर्च विवरण प्रस्तुत गरेका थिए । संस्थाका कार्यकारी निर्देशक दिनेशराज सापकोटा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिए । शिक्षक अभिभावक संघकी संयाेजक सर्मिला चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, वडा नं. ६ का कार्यवाहक वडा अध्यक्ष गीता कुमारी चाैधरी, शिक्षा शाखा प्रमुख विश्वास विक, क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालका कार्यकारी निर्देशक दिनेशराज सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयकी शिक्षिका बसन्ती चाैधरीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हर्क बहादुर  चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे